किर्ते मुद्धाका आरोपी डाक्टर तारा पोख्रेल धरौटीमा रिहा

tara pokhrelनयाँ बुलन्द

पाँचथर : सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परेका डाक्टर तारा पोख्रेल धरौटीमा रिहा भएका छन् । २०५२ देखि ५६ सालसम्म पाँचथर अस्पताल प्रमूखको जिम्वेवारी सम्हालेका डा. पोख्रेललाई जिल्ला अदालत पाँचथरले २७ हजार धरौटी मागेर तारेखमा रिहा गरेको हो । जिल्ला न्यायधिश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजार धरौटी माग गरेको थियो । माग अनुसारको धरौटी दाखिला गरेर पोख्रेल तारेखमा रिहा भएका हुन् ।

२० बर्ष पहिले दर्ता भई पेन्डिङमा रहेको मुद्धालाई अनुसन्धान गर्न भन्दै पाँचथर प्रहरीले जिल्ला अस्पतालका तत्कालीन डा. पोख्रेललाई शुक्रबार पक्राउ गरेको थियो । डाक्टर पोखरेलले यसअघि नेपाल सरकार स्वास्थ मन्त्रालय अन्तर्गत स्वास्थ सेवा विभागको बाल रोग महाशाखा तथा बिपद व्यवस्थापन महाशाखा प्रमुख सम्मको जिम्वेवारी सम्हालिसकेका छन ।

पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा रहँदा सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै औषधी व्यवसायी बसन्त पाण्डेले पोख्रेलविरुद्ध मुद्धा दर्ता गराएका थिए ।
डाक्टर पोख्रेल पाँचथर अस्पतालको प्रमुख हुनुपुर्व पाण्डेले अनिरुद्र सहकारी मार्फत अस्पताल परिसर भित्रै औषधी पसल सञ्चालन गर्दै आएका थिए । अस्पताल परिसरमा नीजी पसल राख्न नपाइने आवाज उठेपछि पोखरेलले पाण्डेलाई पसल हटाउन भनेपनि उनले अटेर गरेपछि अस्पताल विकास समितिको निर्णयवाट सो पसल बन्द गराइएको थियो ।

औषधी पसल बन्द गराइएपछि पाण्डेले पुनः मन्त्रालयवाट अस्पताल परिषरमा पसल सञ्चालन गर्न दिनु भन्ने आसयको पत्र लेखाएर पुनः पसल सञ्चालन गर्न पहल गरेका थिए ।

अस्पताल विकास समितिले आफ्नो निर्णय सच्याउन नचाहेपछि पाण्डेले पाँचथर जिल्ला अस्पतलका तत्कालिन डाक्टर पोख्रेललाई विपक्षी बनाएर अदालतमा मुद्धा दर्ता गराए । अदालतले मुद्धाको सुनुवाईका क्रममा अस्पतालसँग प्रमाण मागेपछि डाक्टर पोख्रेलले अस्पताल विकास समितिको निर्णय र विभागवाट प्राप्त पत्र अदालतमा पेश गरेका थिए । सोहि कागजातमा सरकारी छाप र दस्तखत किर्ते गरेको भन्दै पाण्डेले पुनः अर्को मुद्धा दर्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार