नयाँ बुलन्द
एकतप्पा : इलामको एकताप्पास्थित सिंहदेवि उच्च माध्यमिक विद्यालय र कन्यामस्थित कृष्णाश्रम उच्च माविमा अनेरास्ववियुका कमिटिहरु गठन भएका छन् ।
सिंहदेविमा चन्द्र सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय मावि प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चन्दा पौड्याल, सचिव कला खड्का, सह–सचिवहरुमा जुनु बराइली, मोनि लिम्बू, शन्देस बराइली र कोषाध्यक्षमा कुसुम खनाल रहेका छन् ।
कमिटीका सदस्यहरुमा मनिसा दियाली, विनिता मिश्र, धिरेन कोइराला, केशव अधिकारी लगायत रहेका छन् ।
त्यस्तै कन्यामको कृष्णाश्रममा राजेश राईको अध्यक्षतामा ३१ सदसिय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा ललिता खड्का, सचिव विश्वदिप तामाङ, सह–सचिवहरुमा मनोज खतिवडा, सिर्जना राई, एलिसा तामाङ र कोषाध्यक्ष कुशल गजुरेल चयन भएका छन् । सदस्यहरुमा पुष्कर पोखरेल, एलिसा निरौला, रचना तामाङ, निसान सापकोटा, कुष्णा श्रेष्ठ लगायत छन् ।
कमिटी गठन कार्यक्रम जिल्ला कमिटी सचिवालय सदस्य खेम सागर खनाल, विमल घिमिरे, उषा लिम्बू लगायतको उपस्थितिमा भएको जिल्ला सम्मेलन आयोजक समितिका अध्यक्ष इश्वरी तामाङ्गले जानकारी दिए ।






















































