नयाँ बुलन्द
इलाम : अदालती कामकाजकालाई सहज बनाउन आव्हान गरिएको दोभाषेको निवेदन इलाममा एउटा पनि परेको छैन । पुनरावेदन आदलतले दोभाषे पदका लागि एउटा पनि निवेदन नपरेको जानकारी दिएको छ ।
जिल्ला अदालतमा
भने तीनवटा निवेदन परेको अदा लतले जनाएको छ । नेपाली भाषा नबुझ्नेलाई अदालतको न्यायिक सेवा दिन आव्हान गरिएको सूचना प्रचारप्रसार कम भएको कारण निवेदन नपरेको हुन सक्ने पुनरावेदन अदालतका फडिन्द्र भट्टराइले बताए ।
कुनै पनि उम्मेद्वारले आवदेन नदिएकोले पुनरावेदनमा पुन: सूचना जारी गर्न सम्बन्धमा सर्बोच्चको आदेश चाहिने भट्टराईले जनाए । अदालतको कामकारबाहीमा दोषासे सेवाको प्रयोग सम्बन्धी निर्देशिका २०७२ अनुसार नेपाली वा स्वादेशी भाषाका लागि एउटा मुद्दामा सेवा गरे बापत एक हजार र विदेशी भाषाका लागि दुई हजार पारिश्रमिक तोकेको छ । बयान बकपत्र लगायतको प्रक्रियाका लागि भनिएको जारी गरिएको सूचना र निर्देशिका कुन भाषाको लागि भनि तोकिएको तोकिएको थिएन ।
जिल्ला अदालतमा बैशाख १४ गते पुनरावेदन अदालतमा ६ गते सूचना सूचना १५ दिनका लागि बोर्डमा टाँसिएको थियो । यो सूचना कुनै पनि सञ्चार माध्यममा प्रकाशन प्रसारण नगरिएको गुनासो सेवाग्राहीले बताएका छन् ।