भगवती उमाविमा बालक्लव पुर्नगठन

balbalika
फाइल तस्विर : नयाँ बुलन्द

मनकुमार वराईली

मंगलबारे : इलामको देउमाई नगरपालिका-७ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा सोमवार बालक्लव पुनर्गठन भएको छ ।

बालबालिकाको भेलाले कुष्णकुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय ‘अभियान वालक्लव’  पुनर्गठन भएको हो । क्लबकी उपाध्यक्षमा विना मगर, सचिवमा दिनेश कार्की, सहसचिवमा मनु तामाङ्ग र कोषाध्यक्षमा कल्पना लाम्गादे चयन भएकी छिन् ।

सदस्यहरुमा खगेन्द्र बस्नेत, अस्मिता पाण्डे, भूमिका खपाङ्गी, कविता मगर, विवश ढुङ्गेल, भावाना विल्मू, जेनिशा बराल, बद्री भट्टराई, दीक्षा लिम्बू र विनोद खवास रहेका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक युवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एक सय ३० जनाको उपस्थिति रहेको शिक्षक नेत्र ढुङ्गेलले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार