• किरात याक्थुङ चुम्लुङ अमेरिकाले भव्य रुपमा मनाउँदै चासोक

    वासिङटन : लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको ...

  • मलेसियामा नेपालीको हत्या, काठमाडौंमा अनुसन्धान

    काठमाडौं : मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ । कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो । पीड...

  • पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी : इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पु¥याएको जनाएको छ । गाजा श...

  • नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

    काठमाडौं, दोहा : रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भए...

  • मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय

    काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् । १ सय ३६ जनामध्ये तीन जनालाई त्यहाँको फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको ने...

  • रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी

    काठमाडौं : रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ । रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो । युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई ...

  • इजरायलद्वारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

    काठमाडौं : अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन् । गाजाका पूर्वी शहरहरुमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । पूर्वी गाजाका नागरिकहरुलाई...

  • दुबइमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौं : जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति...

  • गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १ सय ७८ जनाको ज्यान गयाे

    एजेन्सी : युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ । गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो । इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविराम...

  • दक्षिण जेरुसेलममा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको मृत्यु हुँदा १६ घाइते

    तेल अबिब : इजरायल र हमासबीच संर्घषविश्राम लब्याउने सहमति भएकै दिन जेरुसेलममा थप तीनजना सर्वसाधारण मारिएका छन् । आक्रमणमा थप १६ जना घाइते भएका छन् । दुई बन्दुकधारीले दक्षिणी जेरुसेलमको एउटा बस प्रतीक्षालयनजिकै अन्धाधुन्ध गोली चलाएका थिए । यसैबीच गएराति इजरायल र हमासबीच संघर्षविश्राम सकिनै लाग्दा थप चौबीस घण्टा...