दोहा (कतार) : नेपाली महिला समाज कतारले संस्थाले संस्थाको १४औं स्थापना दिवस भव्य रुपमा मनायो ।
सोही अवसरमा सम्मान तथा सचेतना कार्यक्रम समेत आयोजना गरी संस्थाले संस्थापक पदाधिकारीहरु रेखा राई, आमिना खान, जानुका वस्नेत, रेनु कार्की, मिना तामाङ, हिलारी तामाङ, निर्वतमान कार्यसमितिका पदाधिकारीहरु लगायतलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेको थियो भने संस्था स्थापना गर्न विशेष भुमिका खेलेका अमिन खान, हित खडका, छम परियार, मुनाफ मियाँ लगायत केही व्यक्तिहरुलाई पनि दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । नेपाली महिला समाज स्थापना गर्न प्रोत्साहन दिएकी तत्कालिन राजदुत डा.माया कुमारी शर्मालाई पनि दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
व्यानर अनावरण, द्धिपप्रज्जलन, राष्ट्रिय गान, शहिदहरुप्रति सम्मान गर्दै आरम्भ गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष माया केसीको अध्यक्षता, महासचिव मेनुका खतिवडा भण्डारी र सचिव कविता खत्रीको संचालन रहेको कार्यक्रममा उपाध्यक्ष सुष्मा कटुवालले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रमुख अतिथी संस्थापक अध्यक्ष रेखा राईले कठिन परिस्थितीमा नेपाली महिला समाज स्थापना भएको स्मरण गर्दै वर्तमानसम्म आईपग्दा क्षमतावान नेतृत्वहरुको कारण संस्था अझै बलियो हुदै गएको बताए ।
सस्थापक आमिना खाँनले संस्था स्थापनापछि संस्था धरमर हुन खोज्दापनि आफुले धरमर हुन नदिएको स्मरण गर्दै अनेक दृश्य परिदृश्यहरु देख्दै सामना गर्दै नेपाली महिला समाज आजसम्म आईपुग्दा सस्थापक सदस्यहरुको अनवरत सहयोग र योगदान त्यसपछिका सक्षम नेतृत्वहरुको कारण संस्था निकै परिपक्व र बलियो भएको बताए ।
विगतमा भएको अप्रिय घटनाहरुको स्मरण गराउदै विशेष गरेर महिला दिदीबहिनीहरु सचेत हुन जरुरी रहेको बताए । यदी दिदीबहिनीहरु सचेत नहुने हो भने थप समस्याहरु बढदै जान सक्ने र दिदीबहिनीहरु अनाहकमा समस्यामा जेलिन सक्नेतर्फ समेत सचेत गराए ।
यसैगरी निवर्तमान अध्यक्ष सरिता पौडेल भण्डारी, सस्थापक जानुका बस्नेत खडका, सस्थापक रेनु कार्की, मुनाफ मियाँ, छम परियार लगायतले नेपाली समुदायमा देखिएका कतिपय विकृति विसंगतीहरु प्रति दिदीबहिनी दाजुभाईहरु सचेत रहनु जरुरी भएको बताए ।
अध्यक्ष माया केसीले संस्थापक व्यक्ति व्यत्तित्वहरुसंगको भेटघाट र उहाँहरुलाई सम्मान गर्न अवसर मिलेकोमा गर्व महसुस भएको बताउदै उहाँहरु नेपाली महिला समाज कतारको मार्गदर्शक र प्रेरणा भएको बताउदै आगामी दिनमा पनि उहाँहरुको सहयोग सदभाव निरन्तर रहिरहने अपेक्षा गरे ।
२०१२ मा स्थापित नेपाली महिला समाज कतारले स्थापनाकालदेखि वर्तमान अध्यक्ष माया केसीको नेतृत्वसम्म आईपुग्दा कतारमा कार्यरत नेपाली दिदीबहिनीको विविध खाले समस्याहरुमा सहयोग, समन्वय गर्दै, नेपाली समुदाय र संघसस्थाहरुसंग सहकार्य गर्दै, सचेत र जागरणको अभियान चलाउदै नेपाली महिलाहरुको सुरक्षित रोजगारको लागि अनवरत काम गरिरहेको छ ।