
इलाम : इलामको माङसेबुङ गाउँपालिका–१ का बाढीपीडित घरपरिवारलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।
माङसेबुङ–१ निवासी भूपेश कोइरालाको अगुवाइमा अमेरिकामा रहेका नेपालीहरूबाट जम्मा गरिएको ८८ हजार ६ सय सहयोग रकम हस्तान्तरण गरिएको हो । गत असोज १८ गतेको भीषण बाढीमा घरवारविहीन भएका परिवारलाई ८८ हजार ६ सय रुपैयाँ वितरण गरिएको हो ।
भूपेश कोइराला हिमालयन फुटबल क्लब नेपाली टिमका अध्यक्ष समेत हुन्। उनी विभिन्न संघ–संस्थामा आबद्ध रहँदै अमेरिकामै रहेरपनि आफ्नो गाउँ समाजका दुख–सुखमा सधैं सहयोग पुर्याउँदै आएका समाजसेवी हुन् ।
गाउँपालिकाको तर्फबाट उपाध्यक्ष बिनोद नेम्बाङ, बुद्धिजीवी कुलबहादुर योङहाङ, दिलकुमार लिम्बू र टंक लिम्बूको टोलीले उक्त सहयोग रकम बाढीपीडित घरपरिवारलाई वितरण गरेको थियो ।
बाढीले घर पूर्णरूपमा बगाएका परिवारलाई प्रति घर १० हजार रुपैयाँका दरले सहयोग गरिएको छ । तीमध्ये खगेन्द्र तामाङ, सूर्य तामाङ, प्रकाश राई, सुमन राई, टीका लिम्बू र पञ्चराज नेम्बाङले सहयोग पाएका छन् । त्यस्तै घरमा क्षति पुगेका यामराज नेम्बाङ र माइला लामालाई जनही ५ हजार रुपैयाँका दरले सहयोग गरिएको छ भने आंशिक क्षति भएका सुवास नेम्बाङ, पुर्ण थेगिम, सन्त राई, धनकुमार नेम्बाङ र पूर्णशेर नेम्बाङलाई जनही १,७२० रुपैयाँ वितरण गरिएको छ ।
भूपेश कोइरालाको नेतृत्वमा अमेरिकामा रहेका दाताहरूले संकलन गरेको रकममा जितमान बस्नेत, अग्नि राई, सुवास राई, निकेश बस्नेत, सूर्यकुमार कुइकेल, प्रदिन मगर, गोविन्द बुढाथोकी, जय राई, जामन विष्ट, बुध लामा, बासु भट्टराई, टंक सेलिङ, सुनिल केसी, चिरञ्जीवी भट्टराई, निर्मल महर्जन र प्रेसल रेग्मीलगायतको सहयोग समावेश रहेको छ ।
गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सुरक्षाकर्मीको उपस्थितिमा रकम वितरण गरिएको थियो। सहयोग संकलन र वितरण कार्यमा संलग्न टंक लिम्बूले अमेरिकामा रहेर पनि आफ्नो गाउँका विपद्ग्रस्त परिवारप्रति संवेदनशीलता देखाउने भूपेश कोइरालासहित सबै सहयोगी दाताप्रति विशेष आभार व्यक्त गरेका छन् ।






















































