१६ वर्षमुनिका प्रयोगकर्तामाथि अस्ट्रेलियाको सोशल मिडिया प्रतिबन्ध लागू

  नयाँ बुलन्द
42 Shares

अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्महरू प्रयोगमा १६ वर्षमुनिका बालबालिकाहरूलाई निषेध गरेको हो। प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई अस्ट्रेलियन बालबालिकाका अभिभावकले गर्व गर्ने दिनका रूपमा व्याख्या गरेका छन्। ‘यो हाम्रो राष्ट्रले भोग्न लागिरहेको सबैभन्दा ठूलो सामाजिक र सांस्कृतिक परिवर्तनमध्ये एक हो,’ उनले भने, ‘यसले विश्वभर प्रभाव पार्नेछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार