इजरायल–इरान युद्धविराम असफल, इजरायलले दियो जवाफ

  नयाँ बुलन्द
245 Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेको भए पनि दुवै देशले त्यसको उल्लंघन गरेका छन् । युद्धविराम लागू भएको केही घण्टापछि इजरायल र इरान दुवैले युद्धविराम उल्लङ्घन गरेका हुन् ।

इजरायलले साँझ केही समयअघि इरानको राजधानी तेहरानमा रहेको राडार साइटमा हवाई आक्रमण गरेको छ । इजरायली आर्मी रेडियोले आक्रमणको पुष्टि गरेको छ ।

यसअघि ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई फोन गरेर इरानमाथि आक्रमण रोक्न आग्रह गरेका थिए । समाचार एजेन्सी अल जजीराको रिपोर्ट अनुसार नेतान्याहूले ट्रम्पलाई भने, ‘म आक्रमण रोक्न सक्दिन, किनकि इरानले पहिले युद्धविराम उल्लङ्घन गरेको थियो र यसको जवाफ दिन आवश्यक छ।’

दुई देशबीचको युद्धको १२ औंँ दिनमा, आज बिहान ३ः४५ बजे ट्रम्पले युद्धविराम सम्झौताको घोषणा गरेका थिए । बिहान १०ः५३ मा उनले अर्को पोस्ट गरे र लेखे, ‘युद्धविराम अबदेखि लागू हुन्छ, कृपया यसलाई तोड्नुहुन्न ।’

यद्यपि युद्धविराम सुरु भएको लगभग साढे दुई घण्टापछि इरानले इजरायलमा ६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो । एउटा मिसाइल बेरशेबा शहरको एउटा भवनमा खस्यो, जसमा ५ जनाको मृत्यु भयो भने २० भन्दा बढी घाइते भए ।

इरानी आक्रमणको जवाफमा इजरायलले आफ्नो सेनालाई तेहरानमा आक्रमण गर्न आदेश दिएको थियो ।

ट्रम्पको चेतावनीको बाबजुद पनि इजरायलले युद्धविराम उल्लंघन गर्दै इरानमाथि आक्रमण गरेको हो । इरानी र इजरायली मिडियाका अनुसार इजरायलले इरानको राजधानी तेहरानमा रहेको राडार साइटमा हवाई आक्रमण गरेको छ।

इजरायली सेनाको रेडियोले तेहरान नजिकै रहेको इरानी राडार साइटमा आक्रमण भएको पुष्टि गरेको छ ।

इरानको न्यायिक समाचार आउटलेट मिजान र शारघ पत्रिकाले तेहरानमा दुईवटा विस्फोटको आवाज रिपोर्ट गरेको छ। समाचार आउटलेटले इरानको उत्तरी शहर बाबोलसरमा पनि आक्रमण भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार