• जर्मनी पहिलो खेलमै पराजित, ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

    काठमाडौं : साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ । समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो ।खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा...

  • मंगोल नेशनल अर्गनाइजेसनको महाधिवेशन इलाममा हुने

    इलाम  ः मंगोल नेशनल अर्गनाइजेसनको पाचौँ राष्ट्रिय महादिवेशन आगामी असार ७, ८ र ९ गते इलाममा हुने भएको छ । पाँचौँ राष्ट्रिय महादिवेशन मुल आयोजक सभाले इलाम सदरमुकाममा आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराइएको हो । सात गते इलामको गौतमबुद्ध सभाहलमा उद्घाटन, आठ गते बन्दसत्र सहित केन्द्रीय पदाधिकारी छनौट र नौ गते इलाम चोक ...

  • पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार

    अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परिया...

  • नेपाल सरकारले लागू गरेको श्रम ऐन खारेज नभए चिया उद्योग बन्द गर्ने चेतावनी

    झापा: नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू गर्ने ...

  • पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगियो

    यति एयरलाईन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । पोखरा विमानस्थलमा आज यति एयरलाईन्सको विमान दुर्घटना हुनबाट जोगिएको हो ।  चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडांैबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएको थियो । घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच पनि भइरहेको कार्यालय...

  • पहिराको जोखिम रोक्न जोखिम मोलेरै काम

    मुग्लिन : नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहँेलो हेल्मेटमा भीरभीर देखिन्छन् । चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूरहरुले काम गरेको...

  • यस्तो सहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

    बेइजिङ : चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ । गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्र...

  • विप्लब समूह’का विद्यार्थीद्वारा निजी विद्यालयमा हडताल

    काठमाडौं : नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो । हडताल...

  • हिलोसहितको वर्षाका कारण मानिसलाई वाकवाकी र रुघाखोकी

    केही दिन यता लगातार हिलोसहितको वर्षा हुन थालेपछि त्यसको प्रभावले सिन्धुलीमा बिरामीको संख्या बढेको छ । मनसुन सक्रिय भएका बेला आकाशबाट झर्ने माटो र धुलोका कणको प्रभावले मानिसमा विभिन्न रोग देखा परेको छ । मानिसमा वाकवाकी लाग्ने र रुघाखोकीको प्रकोपसमेत देखिएको चिकित्सकहरुले बताएका छन् । जिल्लाका स्वास्थ्य संस्थाहरुमा बिराम...

  • आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं : प्रादेशिक सरकारले आउँदो मुस्लिम धर्मालम्वीहरुको पर्व ईदको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ मन्त्रिपरिषदको बैठकले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोही अवसरमा मुख्यमन्त्री लालबाबु राउतले इदको उपलक्ष्यमा सबैमा सुभकामना समेत दिएक...