मंगोल नेशनल अर्गनाइजेसनको महाधिवेशन इलाममा हुने

इलाम  ः मंगोल नेशनल अर्गनाइजेसनको पाचौँ राष्ट्रिय महादिवेशन आगामी असार ७, ८ र ९ गते इलाममा हुने भएको छ ।
पाँचौँ राष्ट्रिय महादिवेशन मुल आयोजक सभाले इलाम सदरमुकाममा आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराइएको हो । सात गते इलामको गौतमबुद्ध सभाहलमा उद्घाटन, आठ गते बन्दसत्र सहित केन्द्रीय पदाधिकारी छनौट र नौ गते इलाम चोक वजारमा खुल्ला सभा सहित समापन गरिने वताइएको छ ।

पाँचौ राष्ट्रिय महादिवेशन मुल आयोजक सभाका संयोजक सन्तोष तामाङका अनुसार देशका करिव पचास जिल्लाहरुबाट पाँच सय प्रतिनिधि इलाम आउने भएका छन् ।

महादिवेशमा करिव ३० लाख देखी ३५ लाख खर्च हुने अनुमान गरिएको छ । यसका फाउण्डर प्रेसिडेन्ट स्वर्गिय डा. अमर गुरुङ छन् । यसले सन १९८९ नेपालमा लोकतन्त्रधर्म निरपेक्ष र प्रान्तीय सरकारको निमित्त संघर्ष गर्दै आएको संयोजक तामाङ र सचिव थम्मनबहादुर बुढा मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार