उद्योग, सहकारी तथा संघ-संस्था
- लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वनजन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने नीति लाई निरन्तरता दिइनेछ।
- सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपो एम.आई.एस. प्रणालीमा अनिवार्य आवद्ध गरिनेछ।
- सहकारी तथा संघ-संस्थाहरुको अनुगमन सम्बन्धी कार्यविधि अनुरुप अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।
- खारेज हुन वा एक अर्कामा गाभिन चाहने सहकारीहरुका लागि खारेजी वा मर्जरका आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।











































