देउमाई नगरपालिकाको प्राकृतिक श्रोत, भू-व्यवस्थापन र आवास व्यवस्था नीति (पूर्ण पाठ)

प्राकृतिक श्रोत, भू-व्यवस्थापन र आवास व्यवस्था

  • देउमाई नगरपालिकाभित्र निर्माण हुने नयाँ भवनहरूको नक्सा स्वीकृतिलाई अनिवार्य तथा प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति लिइने छ।
  • भू–उपयोग नीति तथा प्रचलित कानुनी व्यवस्थाअनुरूप नापी तथा भूमि प्रशासन सम्बन्धित निकायहरूसँग समन्वय गरी भू-वर्गीकरण तथा भू-अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाइने नीति लिइने छ।
  • भूमि प्रशासन सम्बन्धी सेवाहरूलाई नागरिकको पहुँचमा थप प्रभावकारी, सहज र छिटोछरितो बनाउन भूमि प्रशासन कार्यालयलाई स्थानीय तह अन्तर्गत ल्याउन सम्बन्धित निकायसँग आवश्यक पहल तथा समन्वय गर्ने नीति लिइने छ।
  • नगरपालिकाभित्र रहेका सार्वजनिक, ऐलानी, पर्ती तथा अन्य सरकारी जग्गाहरूको पहिचान, अभिलेखीकरण, संरक्षण र उचित व्यवस्थापनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइने छ।
  • प्राकृतिक स्रोत, वन, जलाधार क्षेत्र तथा जैविक विविधताको संरक्षण, संवर्द्धन र दिगो उपयोगका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार