मानव संशाधन विकास
- संघीय सरकारको नीति अनुरुप नगरपालिकाको कर्मचारी सांगठनिक संरचना मुताविक जनशक्ति व्यवस्थापन गरी सेवाप्रवाहमा सुशासन कायम गर्न आवश्यक नीति लिइनेछ ।
- जनप्रतिनिधीहरु, न्यायिक समिति तथा मेलमिलाप समितिको क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- कर्मचारीहरूको बृहत्तर व्यावसायिक तथा व्यक्तिगत विकास, क्षमता अभिवृद्धि, उच्च शिक्षामा अध्ययनको अवसर विस्तार, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, नेतृत्व तथा व्यवस्थापकीय दक्षता विकास गरी गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक नीति लिइने छ।
- संघीय सरकारले अवलम्वन गरेको नीति अनुसार नगरपालिकामा कार्यरत कर्मचारीहरुको तलब सुविधा समायोजन गरिनेछ साथै सम्पूर्ण अस्थायी, करार र कार्यक्रमका कर्मचारीहरुलाई समेत सुरक्षित भविष्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिलाई निरन्तरता गरिनेछ।











































