सूचना, सञ्चार तथा प्रविधि
- विद्यालयको शैक्षिक गुणस्तर तथा प्रशासनिक सेवा सुधारका लागि नविनतम प्रविधिको प्रयोग गर्ने नीति लाई निरन्तरता दिइनेछ।
- नगरबाट प्रवाह हुने सेवामा गुणस्तर वृद्धि र पारदर्शिता कायम गर्न कर्मचारी तथा शिक्षकहरुलाई कृतिम बुद्धिमतामा आधारित क्षमता अभिवृद्धिका लागि आवश्यक नीति लिइनेछ।
- सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
- नगरपालिकाका सबै वडा कार्यालयहरू, स्वास्थ्य चौकी, र सामुदायिक विद्यालयहरूलाई नविनतम सूचना प्रविधि सँग जोड्न आवश्यक नीति अवलम्वन गरिनेछ।











































