राजश्व तथा बित्तीय व्यवस्था
- स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्न करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीतिलाई निरन्तरता दिइनेछ।
- नगरपालिकाद्वारा एकीकृत सम्पत्ति कर संकलन हुँदै आएकोमा आगामी आ.व. बाट मालपोत तथा भूमिकर र सम्पत्ति कर अलग-अलग संकलन नीति लागु गरिनेछ।
- नगर क्षेत्रका सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई अनिवार्य रुपमा करका दायरामा ल्याउन प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याउने नीतिलाई निरन्तरता दिइनेछ।
- नगरको समग्र राजस्व वृद्धिका लागि तयार गरिएको राजस्व सुधार योजनाको कार्यान्वयनका लागि तय गरिएको नीतिलाई निरन्तरता दिइनेछ ।











































