माङसेबुङ गाउँपालिकाको उद्योग सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
0
Shares
लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम संचालन गरी स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पद्दार्थमा आधारित उद्योग संचालन गर्न अभिप्रेरित गरिनेछ ।
गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग विस्तार गरिनेछ । स्थानीय सीप, श्रोत र साधनलाई प्रयोग गरी खाँडी, अल्लो, गाँजा, ढाकाजस्ता उत्पादन गर्ने लक्षित वर्गलाई सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्ने समुहमा प्रविधि हस्तान्तरण गरिनेछ ।
नयाँ उद्यमीहरुको सृजनाका लागि सामाजिक परिचालन, उद्यमशीलता तथा सिप विकास तालिम संचालन, पुराना उद्यमीहरुको स्तरोन्नती, उद्यमीको वित्त क्षेत्रमा पहुँच तथा प्रविधि हस्तान्तरण गर्न कार्यक्रम संचालन गरिनेछ ।
स्थानीय कच्चा पद्दार्थबाट सञ्चालन गर्न सकिने उद्योगलार्इ प्रोत्साहन गर्ने नीति लिइनेछ ।
गाउँपालिकामा मिनरल वाटर उद्योग सञ्चालन गर्नका लागि व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा सम्भाव्यता अध्ययन गरिनेछ ।
बाँस उत्पादन क्षेत्रलार्इ प्रोत्साहन गर्दै बाँसबाट उत्पादित तामाका परिकारहरु उत्पादन, प्रशोधन गरी बजारीकरण गर्न व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा कार्य अघि बढाइनेछ ।
यान्त्रिक उपकरण (हलुका सवारी, हेभी मेसिन (एक्स्काभेटर, ब्याक हो लोडर आदि), चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन आदि) तथा नवीकरणीय उर्जा प्रणाली (सौर्य उर्जा प्रणाली, सुधारिएको चुल्हो, लघु जलविद्युत, बायोमास आदि) को लागत अनुमान/ कार्यसम्पन्न निरीक्षण प्रतिवेदन बनाउनको लागि परामर्शदाता नियुक्त गरिनेछ ।