सही बाटो देखाउनु हुने गान्खू फोपाको सम्झना

  निनाम लोवात्ती
28 Shares

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण अभियान थालेपछि, छल र बलले नेपालको पूर्वी भेगमा रहेको समग्र किरात भूमि जितेपछि किरात भूमिलाई वल्लो किरात, माझ किरात र पल्लो किरात लिम्बुवान) भनी किरात भूमिलाई नेपालको भगौलिक एकीकरणपछि चाहिँ तीन भागमा विभाजन गरियो । त्यसपछि राणाकालमा नेपाललाई ३५ जिल्ला (सुरुमा ३२ जिल्ला थियो भन्ने भनाइ छ) मा विभाजन गरियो । ती २५ जिल्लामध्ये एक भोजपुर जिल्ला पनि रहेको थियो ।

जे भए तापनि राणाकालमा सुरु भएको जिल्लाको बनावटअनुसार भोजपुर जिल्लाको उत्तर–पूर्वी भेगको तत्कालीन ‘कुलुङ गाउँ पञ्चायत’ (शायद राणा शासन कालमा गाउँ पञ्चायत थिएन पनि होला !) तर ३० वर्षे पञ्चायती व्यवस्थासँगै गाउँ पञ्चायतको व्यवस्था पनि लागू भयो । हो त्यसैअनुसार भोजपुर जिल्लाको कुलुङ गाउँ पञ्चायतको ओख्रे गाउँमा विसं १९७८ जेठ १५ गतेका दिन जन्मनु भए स्वर्गीय कृष्णबहादुर कुलुङका सम्बन्धमा छोटकरीमा केही लेख्दै छु । उहाँ अर्थात् स्वर्गीय कृष्णबहादुर कुलुङका मामा (आमा) जिनावरी कुलुङको कोखबाट जन्मनु भएको थियो भने, उहाँको पापा (बुबा) को नाम चाहिँ गम्भीरध्वज कुलुङ हो । यसरी विसं १९७८ जेठ १५ गते यो धरतीमा मानव रुप लिएर आउनु भएका कृष्णबहादुर कुलुङ कुलुङ जातिभित्रको ‘गान्खू’ पाछाको कुलुङ हुनु हुन्थ्यो । साथै उहाँ विसं १९९८ मा बेलायती सेनामा जवानका रुपमा भर्ती हुनु भयो भने, उहाँले विसं २०२३ सालमा क्याप्टेन पदसम्म पुगेर अवकास (पेन्सन पकाउनु भएको) लिनु भएको थियो ।

अवकासपछि कृष्ण बहादुर गान्खू ज्युले सुनसरी जिल्लाको धरानको चौकीबारी (धनकुटे रोड) मा स्थाई रुपमा बस्न थाल्नु भएका गान्खू ज्युको बाँकी जीवन ‘आफ्नो समुदाय (कुलुङ जाति) को भाषा, साहित्य, संस्कार, संस्कृत आदिको उत्थानमा लागेर वा केही गरेर बिताऊँ !’ भन्दा पनि तत्कालीन व्यव्स्थाका कारण संभव थिएन । अतः उहाँले पनि अन्य जातजातिका (खास गरी आदिवासी जनजातिका) पेन्सन पकाएर पल्टनबाट फर्केका मानिस (भूपूहरु) ले भैmँ सामान्य जीवन अथवा भनौं खाएर, पिएरै बिताई रहनु भएको थियो भन्दा अत्युक्ति नहोला कि !?

जब विसं २०४६ सालमा नेपालमा राजनैतिक परिवर्तन आयो, तब नेपालका सबै जातजाति, भाषाभाषी, धार्मिक, समूह, वर्ग, लिंग आदिले आआप्mनो हकअधिकारका लागि आवाज उठाउन थाले । त्यसै क्रममा त्यो वेलाको चेतना र बुझाईको स्तरअनुसार ‘राई !’ (किनभने ‘राई !’ जात वा जाति नभएर पद, पदवी वा पगरी मात्रै हो । जसलाई ‘जिम्मावाल’ अथवा ‘तालुकदार’ पनि भन्ने गरिन्थ्यो, ऊ वेलाको समयमा । त्यस्तै मैले ‘राई !’ के हो ? भन्ने बारेमा कयौं पटक अनेकौं, पत्रपत्रिका र अनलाइन न्युज पोर्टलहरुमा लेखिसकेको पनि छु । हुनत किराती महाजातिभित्रका खम्बुका सन्तानमध्ये केहीले सुरुमा (विसं २०४६ को परिवर्तनपछि) कथित् राई जातिको नाममा यायोक्खा” नामक संस्था दर्ता गरे । जुन संस्था, संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता रहेको छ । तर “ ‘राई !’ यायोक्खा”का हर्ताकर्ताले सुरुदेखि नै ‘राई !’ को नाममा बान्तावा जातिको भाषा र चाम्लिङ जातिको नाच (साकेला) लाई मात्रै अगाडि बढाउने निर्णय गरेपछि÷लागू गरेपछि चाहिँ उहाँ (गान्खु फोपा) ले तत्कालै ‘राई !’ ”यायोक्खा” छाडेर आप्mनो कुुलुङ (समुदाय) कुलुङ जातिको उत्थान र कुलुङ जातिको भाषा, वेषभुषा, संस्कार, संस्कृति, चाड, पर्व, रहन सहन, चालचलन, आदिको संरक्षण र सम्वद्र्धनका लागि अलग्गै ‘कुलुङ राई भाषा संस्कृति उत्थान संघ’ खोल्नु भयो । हुन पनि ‘राई !’ ”यायोक्खा”ले त्यो वेला कथित् राई जातिको नाममा सुरु गरेको सो कार्य अनुसार तुरुन्तै रेडियो नेपालको पूर्वाञ्चल क्षेत्रीय प्रशारण केन्द्र धनकुटाबाट राई भाषाको कार्यक्रम भन्दै बान्तावा भाषाको विभिन्न कार्यक्रम र समाचार प्रशारण गर्न सुरु गर्यो । त्यसरी राई जातिको नाममा बान्तावाको भाषामा समाचार प्रशारण सुरु भएपछि चाम्लिङहरुले पनि राईको नाममा नाचिने नाच (त्यो वेला चण्डी भनिन्थ्यो) चाहिँ चाम्लिङहरुले नाच्ने साकेला हुनुपर्ने निर्णय गराए । अन्यथा चाम्लिङहरुले पनि ‘राई !’ यायोक्खाबाट आपूmहरु अलग हुने धम्की दिए । यसरी हेर्दा कतिथ् एक जाति राई, २८ भाषी राईको नाममा २८ देखि ३१÷३३ भाषा भएका बाँकी किरातीहरुको भाषा, संस्कार, संस्कृति आदि लोप गरायो÷गराई रहेको देखिन्छ, ‘राई !’ यायोक्खा” नामक एनजिओका हर्ताकर्ताहरुले । तथापि अन्य राई भन्नेहरुले राई यायोक्खाको यस्तो जबरजस्ती सम्मिलीकरण गर्ने र एस्सिमिलेसन गर्ने काममा हस्तक्षेप नगरी वा भनौं ‘चुँ …’ नगरी सहेरै बसेका छन् ।

जे होस्, हाम्रा कुलुङका अग्रणी फोपा अर्थात् कृष्ण बहादुर गान्खु ज्युले चाहिँ त्यसरी ‘चुँ …’ नगरी राई यायोक्खाका हर्ताकर्ताहरुको दलमलन र जबरजस्ती सम्मिलीकरण गर्ने एवम् एस्सिमिलेसन गर्ने कामको डटेर विरोध गर्दै र, अन्त्यमा राई यायोक्खा नै छाडेर, त्यागेर आप्mनो समुदाय (कुलुङ) का लागि अलग्गै ‘कुलुङ राई भाषा संस्कृति उत्थान संघ’ खोल्नु भयो । उहाँले त्यो वेला केवल ‘कुलुङ राई भाषा संस्कृति उत्थान संघ’ भएन कि, उहाँले ‘कुलुङ पाछा किराँत मातृभाषा व्याकरण कोश’, ‘नेपाली इङलिश कुलुङ राई भाषा, प्राचीन विश्व मानव वंशावली दर्शन’, ‘कुलुङ राई शब्द कोश’ गरेर आधा दर्जन जति किताब पनि लेखेर कुलुङ समुदायलाई ठूलो गुण लगाएर जानु भएको छ ।

हुन त आजभोलि राई यायोक्खाका हर्ताकर्ताहरुले चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, निनाम लोवात्ती (यो लेखको पङ्तिकार) लगायत कुलुङ जातिका केही अगुवाहरुलाई विदेशीले दिने युरो र डलर खान एवम् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ले दिने ५० हजार नेपाली रुपैयाँ खानका लागि मात्रै ‘राई !’फुटाएको÷फुटाउन आँटेको ! भन्ने मिथ्या आरोप लगाउने गर्छन्, बरा–विचराहरु ?!… जबकि विदेशी डोनर एजेन्सी र आईएनजिओहरु जस्तै जाइका, डानिडा–ह्युगो, जीटीजेड, आईएलओ, डीफीड, नर्वेजियन फन्ड, युएस एड, युएस चिल्ड्रेन, आईएल्ओ, सीसीओ, आड्रा नेपाल आदिबाट राई योयोक्खाका हर्ताकर्ताहरुले प्रपोजल पेस गरेर, पैसो ल्याएर ‘२८ भाषी राई एक जाति राई !’ को नाममा खाए÷खाएका थिए । अहिले चाहिँ माथि उल्लेख गरिएका प्रायः सबै डोनर एजेन्सी र आईएनजिओबाट युरो, पाउन्ड, डलर, क्रोनर, फं्रैन्क आदि आउन छाडेको छ । अहिले डोनर एजेन्सी र आईएनजिओबाट जतिबाट युरो, पाउन्ड, डलर, क्रोनर, फं्रैन्क आउँछ, ती सबै नेपाल सरकारको एकद्धार प्रणाली अन्तर्गत मात्रै आउँछ । पछिल्लो समयमा सीधै लोकल एनजिओहरुलाई पैसो अर्थात् सहयोग बाँड्न बन्द गरेको छ, नेपाल सरकारले । माथि नै भनिएझैँ त्यसका लागि एकद्घप्रणाली अपनाएको छ । हुन पनि त्यो वेला ‘राई !’ यायोक्खा”ले एक जना राईको संयोजकत्वमा एनजिओ कोअर्डिनेसन कमिटि नै गठन गरेको यो पंक्तिकार कोटेश्वरस्थित ‘राई !’ यायोक्खा”को केन्द्रीय कार्यलयमा आउने जाने क्रममा त्यस्तो नेमप्लेट (एनजिओ कोअर्डिनेसन कमिटि) देखेपछि देखेपछि हामी कुलुङहरुलाई डलर खान राई फुटाएको÷फुटाउन आँटेको आरोप लगाउँछ तर,… भनी नेपालमा राम्रै पहुँच भएको एक दैनिकमा लेख लेखेको थियो, त्यही वेला । त्यसपछि सो नेम प्लेट हटाएको थियो, यायोक्खाले । किनभने, केही समयपछि म (यो पङ्तिकार) फेरि यायोक्खाको कार्यलय जाँदा ती एनजिओ कोअर्डिनेटर राईको नेमप्लेट हटाएको थियो ।

त्यसैले हिजोका दिनमा राई यायोक्खाका हर्ताकर्ताहरुले ‘चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, निनाम लोवात्ती आदिलाई विदेशीको डलर खानलाई राई फुटाएको÷फुटाउन आँटेको !’ भन्ने खालको जुन मिथ्या आरोप लगाउने गरेका थिए, त्यो सत्य थिएन । किनभने, तापनि विसं २०४९/०५० तिरै कृष्ण बहादुर गान्खु फोपा, वीरचन्द्र रीन्हो, तिलक शंकर सोम्फोर लगायतले कुलुङ जातिका लागि अलग्गै बाटो खन्नु भएको थियो । यसरी उहाँहरुले हामीलाई हामी कुलुङहरु हिँड्ने अलग्गै बाटो देखाउनु भएको थियो । हुन पनि आजका दिनमा हाम्रा लागि सही बाटो देखाउनु हुने गान्खु फोपा मात्रै होइन कि, वीरचन्द्र रीन्हो फोपा महन्त राजीत्ती, मालुमध्वज पीदीसै, मनिकुमार होदीबू, रणबहादुर मान्थेर्बू, भरत थोरेप्पा, दिलबहादुर होबेर्मी, बखत बहादुर तोमोछा, अमृत बहादुर हारिम्बू, खड्ग बहादुर रुखूपो, मेकमान बूक्खो लगायतले पनि हामीलाई सही बाटो देखाउन एवम्न सही दिशा निर्देश गर्नमा अत्यन्तै ठूलो र महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, भूमिका रहेको छ ।

आज हामीले ऊ वेलै मुख्यतः कृष्ण बहादुर गान्खु फोपाले देखेको सपना र उहाँले अत्यन्तै दुःख–कष्टका साथ तयार पारेको पदचापलाई बाटो नबिराई सही दिशा दिएर अघि बढेका छौं भन्ने लाग्छ । किनभने, विसं २०५९/०६० ताका ‘कोही शुद्घ कुलुङ, कोही अशुद्घ कुलुङ, कोही के कुलुङ, केही के … !’ भनेर कुलुङभित्रै तीन–चार चिरा भएको थियो । त्यसरी ऊ वेला कुलुङभित्रै तीन–चार चिरा बनाउन महत्वपूर्ण भूमिका खेल्ने, कार्य गर्ने (एक कर्ता !) का रुपमा भूपध्वोज थोमरोस बुबु हुनुहुन्थ्यो । तापनि हामीले विसं २०६१ मा तीनै वटा ‘शुद्घ कुलुङ, अशुद्घ कुलुङ, के..कुलुङ !’ भनिनेहरुको संगठनलाई एक बनाएर पहिलो एकीकृत सम्मलेन गर्यौं । धरानलाई केन्द्र मान्ने निर्णय गर्यौं । त्यसैले हामी कुलुङलाई सुरुका दिनमा सही बाटो देखाउनु हुने, सही दिशातर्पm डोहोर्याउनु हुने आदरणीय कृष्ण बहादुर गान्खु फोपा लगायत सबै पूर्वजप्रतिको हार्दिक अभार व्यक्त गर्दछु । खास गरिकन यो छोटो लेखमा श्रद्घेय कृष्ण बहादुर गान्खु ज्यूलाई ‘हार्दिक श्रद्धा–सुमन’ अहिलेलाई यत्ति नै ।

अन्त्यमा गान्खु फोपा, हजुरको पोम्लालुङ (नेपालीहरुले स्वर्ग भन्छन् ।) वास आरामले होस् । हामीले तपाईको लागि केही दिन र गर्न नसके तापनि सँधै–सँधै हजुरलाई सम्झी रहने छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार