सूर्योदयमा ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा

इलाम : इलामको सूर्योदय नगरपालिका ३, बौद्धधामस्थित अमिताभ बुद्धको प्रतिमा प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ । प्रतिमासहितको पार्क कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।

लामो समयसम्म निर्माण सकिएपनि उचित ‘साइत’ कुरेरमात्र प्रतिमाको अनुहारमा ओढाइएको कपडा खोलिएको हो । उद्घाटनसँगै बुद्धपार्क सञ्चालनमा आएको छ । कोशी प्रदेश, संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क निर्माण थालिएको करिब दशकपछि सञ्चालनमा आएको हो ।

१७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क नेपाल, भारतलगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तव्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिए ।

पार्कको उद्घाटन गर्नुअघि बौद्ध धर्मगुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछेसहितका धर्मगुरुबाट प्राण प्रतिष्ठा गरिएको थियो । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

सूर्योदय नगरपालिकाका कार्यबाहक मेयर दुर्गाकुमार बरालले उक्त पार्क सञ्चालनमा आएपछि सूर्योदय नगरपालिकाभित्र अर्को पर्यटकीय गन्तव्य थपिएको बताउँदै स्थानीय पर्यटन प्रवर्धनसँगै आर्थिक आय–आर्जनसमेत बढ्ने बताए ।

मुख्यमन्त्री कार्कीले युवालक्षित उदय परियोजना कार्यक्रम बिहीबार सुनसरीको इटहरीमा हुने कार्यक्रममार्फत् शुभारम्भ गरिने पनि त्यस अवसरमा जानकारी गराए ।

बुद्धपार्कमा पर्यटकको आकर्षण
कोशी प्रदेश को पर्यटकीय नगरी घोषित इलामको सूर्योदय नगरपालिकामा पर्यटकको नयाँ गन्तव्यको विकास भएको छ । सूर्योदय नगरपालिका ३ को वौद्यधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा उद्घाटनसँगै अब झनै पर्यटन बढ्नेछन् ।
कन्याम, अन्तु लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा नयाँ पर्यटकीय गन्तव्य निर्माण भएको छ । सूर्योदय नगरपालिका ३ को वौद्यधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएपछि पर्यटकीय गन्तव्यको विकास भएको हो । भारतीय पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट ३ किलोमिटरको दूरीमा रहेको बौद्यधाममा अहिले भारतीय पर्यटक पनि आउने गरेका छन् ।

बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२÷०७३ मा भएको थियो । क्रमागत रुपमा संचालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ बाट बजेट बिनियोजन गर्दै आएको छ । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण हुँदै आएको थियो ।

बुद्ध पार्क निर्माणमा प्रदेश सरकारको दुई आर्थिक वर्षमा २ करोड बढी खर्च भएको छ । १७ रोपनी क्षेफलमा निर्माण हुँदै गरेको पार्कमा वुद्धको प्रतिमा निर्माण गरि सकिएको र घेराबारा,साधाना केन्द्र, सौन्दर्यीकरण गर्ने काम बाँकी रहेको छ ।

८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना रहेको वुद्धपार्कमा प्रदेश सरकार, मेची पहाडी पर्यटन र सूर्योदय नगरपालिका गरि ४ करोड रुपैयाँ खर्च भइसकेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार