करसोङमा पदमार्ग यात्रा गर्ने पर्यटकको संख्या बढे (तस्बिरहरु )

करसोङमा पदमार्ग यात्रा गर्ने पर्यटकको संख्या बढेसँगै सलकपुर क्षेत्रमा घरबास कार्यक्रम प्रभावकारी  (तस्बिरहरु )  

इलाम : गाउँका पर्यटकीयस्थलको प्रवद्र्धन र प्रचारप्रसार भएपछि इलामको रोङ गाउँपालिका–६ सलकपुर भ्रमण गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । रोङ गाउँपालिकाले झापाको बाहुनडाँगीबाट इलामको कान्छि पाथिभरा जोड्ने करसोङ पदमार्ग निर्माण गरेपछि आन्तरिक र भारतीय पर्यटकको आकर्षण बढेको हो । २९ किलोमिटर पदमार्ग निर्माण गरेपछि रोङ गाउँपालिका–६ को सलकपुरमा पर्यटकको आकर्षण बढेको छ । पर्यटन प्रवद्र्धनका काम भएपछि सलकपुर क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो । कृषि उत्पादनले सलकपुर प्रख्यात छ । सलकपुर क्षेत्रमा झण्डीडाँडा, गुर्धुम डाँडा, नेपाल भारत सीमा छुट्टयाउने मेची नदि पर्यटकका आकर्षक गन्तव्य हुन् । सलकपुरका पर्यटकीय गन्तव्यबाट देखिने सूर्योदय, सुर्यास्त, हिमश्रङ्खलाहरुको दृश्यमा पर्यटक रमाउने गरेका छन् ।

यहाँबाट नेपाल भारतका ग्रामीण बस्तिको दृश्यावलोकन गर्न सकिन्छ । नेपालको पूर्वी नाका काँकरभिट्टाबाट ३० किलोमिटरको दुरीमा पर्ने सलकपुरमा आइतबार भारतीय पर्यटक पुग्छन् । अन्य दिन नेपालका विभिन्न जिल्लाबाट पर्यटक सलकपुर पुग्छन् । पर्यटक बस्नका लागि यहाँ जस्केलो सामुदायीक होमस्टे छ । सामुदायीक होमस्टेको एक घरमा वर्षमा ९ सय पर्यटकले सेवा दिँदै आएको संचालक रेस्मा अधिकारीले बताए । करसोङ पदमार्गको माध्यमबाट रोङबासीको आम्दानीसँगै जोड्ने योजनाका साथ यहाँ पर्यटन प्रवद्र्धनका काम भएका छन् ।

पदमार्गको २९ किलोमिटरमा ६ वटा पर्यटकीय पोइण्टमा होमस्टेमा प्रवद्र्धनका काम रोङ गाउँपालिकाले गर्दै आएको छ । ६ पोइण्टमध्ये रोङ गाउँपालिका ६ को सलकपुर क्षेत्रमा होमस्टेको प्रवद्र्धन हुँदै आएको हो । घरबास कार्यक्रमले पदमार्ग यात्रा गर्ने पर्यटकहरुका लागि आवासको समस्या नहुने र गाउँबासीको  आयस्तर पनि वृद्धि हुने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो बताए ।  रोङ गाउँपालिकाले वडा नम्बर ६ को जौबारी, रम्ब्याङ्ख र पाटापुर क्षेत्रमा होमस्टेको प्रवद्र्धन हुँदै आएको हो । गाउँमा पर्यटक भित्र्याउने र पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ पर्यटन प्रवद्र्धनका काम हुँदै आएका हुन् ।

थप तस्बिरहरु : 

      

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार