इलामका गायक तथा संगीतकार डेनी निरौलाको ‘कहिले दिन कहिले रात’ म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

  नयाँ बुलन्द
210 Shares

इलामः इलामका गायक तथा संगीतकार कलाकार डेनी निरौलाको स्वर तथा संगीतमा नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ओएसआर डिजिटल युट्युबबाट सार्वजानिक गरिएको हो ।

सर्जक गीता बजगाईंको शब्दमा निरौलाले स्वर र संगीत दिएका हुन् । गोदावरीमा छायांकन गरिएको भिडियोमा फरिता खड्का, करण खतिवडा र डेनी स्वयंले पनि अभिनय गरेका छन् ।

भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् भने निर्देशन गम्भीर बिष्टले गरेका हुन् । गीत साउण्ड डिजाइनको स्टुडियोमा रेकर्ड गरिएको निरौलाले बताए । त्यसमा मिक्सिङ र रेकर्डिङ भोला पौडेलले गरेका छन् भने मनोहर सुनामको एरेन्ज छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार