नयाँ बुलन्द
इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) वरिष्ठ नेता तथा झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताका आधारभूत आवश्यकता र माग समेटेको दाबी गरेका छन् । उनले यही नीति–कार्यक्रमअनुसार बजेट आउने भएकाले कार्यान्वयन चरण प्रभावकारी हुने बताए ।
आफूले चुनाव जितेको इलाम क्षेत्र–१ को चिसापानी गाविसमा आइतबार आयोजित कार्यकर्ता भेलामा खनालले भने, ‘यसपालिको नीति तथा कार्यक्रममा सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गरेको छ । यसैको आधारमा आगामी बजेट प्रस्तुत हुन्छ ।’
उनले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको दोहो¥याए । सरकार सहमति र सहकार्य गरेरै अघि बढिरहेको भन्दै उनले शीर्षलगायत सबै दल संविधान कार्यन्वयनमा एकैठाउँ उभिनु आवश्यक रहेको जनाए । राजतन्त्र अन्त्यपछि देश विकास गतिमा अघि बढेको भन्दै खनालले भूकम्पीडितलाई प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिए । –


















































