तीस हजार बढी जनता उतार्ने तयारी
संघीय समाजवादीका तर्फबाट आन्दोलन परिचालन उपसमितिका संयोजकसमेत रहेका शेर्पाले आगामी २ जेठको सिंहदरबार केन्द्रीत आन्दोलनलाई विफल पार्न राज्यले सबै संयन्त्र प्रयोग गर्न लागिरहेको सूचना आफूहरुले पनि लिएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।
उनले सिंहदरबार घेराउ कार्यक्रममा मधेसी र थारुलाई जस्तै दमन गरी हेप्ने काम भए भौतिक प्रतिकारसम्म गर्न पछि नपर्ने बताए ।
‘शान्तिपूर्ण तवरले आफ्ना अधिकारबारे दबाब दिँदा दमन भए हामी पनि हातमा दही जमाएर बस्ने पक्षमा छैनौं,’ उनले चेतावनीयुक्त भाषामा भने, ‘हिजोको ज्ञानेन्द्रको जस्तै हालत सत्तासिनको बनाइदिनेछौं ।’ साथै, शेर्पाले आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे । तर, राज्यले घुसपैठ गरी टीकापुर घटना दोहो¥याउन सक्नेमा आफूहरु सचेत रहेको पनि जानकारी दिए । ‘थारु आन्दोलनमा घुसपैठ गरी टीकापुर घटना गराइयो र दमन गरियो,’ उनले भने, ‘यसमा हामी सचेत छौं ।’
शेर्पाले २९ दलीय गठबन्धनबाट ३० हजार बढी मान्छे सिंहदरबार वरिपरि उतार्ने तयारी भइरहेको समेत जानकारी दिए । उनका अनुसार तमुवान, लिम्बुवान, शेर्पा प्रदेश, किरात लगायतका क्षेत्रबाट समेत जनशक्ति आउन लागेको जनाए ।
साथै, संघीय समाजवादीले आफ्नो सम्पूर्ण भातृसंगठन र उपत्यका वरपरका जिल्ला समितिलाई मैदानमा उतार्ने उनले जानकारी दिए ।


















































