जीवन लिम्बू
काठमाडौं : कलाकार तथा निर्माता देउ कृष्ण देवानाद्धारा निर्देशित ‘कञ्चनजंगा हिमालैमा’ वोलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
भारतको कालेम्पुङ आसपासका रमणीय दृश्यहरुमा छायाँकन गरिएको भिडियो निक्कै दर्शकले रुचाएका छन् । कालेम्पुङका गायक प्रनेश राईले आकर्षक स्वरबद्ध गरेको गीतको शब्द संगीत पनि गायक राई आफैले गरेका छन् । गीतलाई किरण क्षेत्रीले एरेञ्ज गरेका छन् । भिडियोमा साङ्गे शेर्पा र श्रृष्टि खपुङ ‘लोजिफूङ’ ले अभिनय गरेका छन् ।
भिडियोमा निर्देशक देवान र मौसम राना राईको कोरियोग्राफि रहेको छ । यो भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका हुन् । नेपाली चलचित्र ‘तारेभीर’ फिल्मबाट एउटा सफल निर्माताको क्षवि वनाएका देवानले पहिलो पटक आफ्नै निर्देशनमा भिडियो वनाएका हुन् ।
तर उनले यस अगावै आफ्नै फिल्म ‘तारेभीर’मा समेत सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले धेरै म्युजिक भिडियोमा कार्यकारी निर्देशक वनेर काम पनि गरेका छन् ।
‘कञ्चनजंगा हिमालैमा’ गीतको भिडियोको बारेमा कुरा गर्दै निर्देशक देउ कृष्ण देवानले गीतसंगीत र फिल्म उद्योगमा प्रवेश गरेपछि सबै खाले काम गर्न सक्नु पर्ने आफ्नो मान्यता रहेको वताए । निक्कै धेरै म्युजिक भिडियोको कार्यकारी निर्देशन समेत गरिसकेका देवानले आफुले सिकेको र जानेको कुरालाई यस भिडियोमा उतारेको बताएका छन् ।


















































