-सन्तोष भण्डारी
तिमीले पुज्ने तुलसिमा, आज बिस फल्दै रैछ।
सपनीमा घरछेउको, बरको रुख ढल्दै रैछ।।
देखे घरको कालो कराई, रित्तो भाँडो अगेनिमा।
धुवा सरि काँचो दाउरा, अलिअलि बल्दै रैछ ।।
बुढी अामा घरमा अनि, एक्लो छाेराे परदेशमा ।
छुरा भन्दा तीखो घाेच्ने, ऋनले अात्मा जल्दै रैछ ।।
अर्धस्वप्न बाटोबिच, मैले अाफ्नै लाश देखे ।
ब्युझिएर मुटु छाम्दा, ढुकढुकी त चल्दै रैछ ।।


















































