इलाम : देश विकासका लागी सबै तहका व्यक्ति जनउत्तरदायित्व बन्नु पर्ने नेपाली कांग्रेसका नेता प्रदिप पौडलले बताए ।
आज नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यलयमा भएको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुने ।
गर्न सक्ने कुरा मात्र गरौँ , गर्न नसक्ने कुरा गरे जनमानसमा नै नक्कली बन्ने तर्क व्यक्त गर्दै उनले भने , राजनिति भनेको देश बनाउनका लागी हो । जनसमुदायको नजर छल्नलाई होइन ।
जिल्लाका सबै स्थानिय तहमा नेतृत्व समालीरहेकाहरुले अरु बिग्रेला र म सप्रुला भनेर अर्काको मुख ताकेर नबस्न समेत सबैलाई आह्वान गरेका हुन ।
भेटघाट कार्यक्रममा सहभागीहरु नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव खगेन्दै देवान , जिल्ला कार्यसमिति सदस्य हुकुमलाल थेवे , नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति इलामका कार्यवाहक अध्यक्ष प्रकाश भट्टराईले आ –आफ्नो जिज्ञासा राखेका थिए ।



















































