
नयाँ बुलन्द
चुलाचुली : “ग्रामीण साैन्दर्यकाे खाेजी” नारा रहेको चुलाचुली रंगमञ्चले मंसिर २९ गते रंगमञ्चकाे ५ अाैं वार्षिक उत्सव कार्यक्रम मनाउने भएको छ । कार्यक्रमको सबै तयारी पूरा भएको संस्थाको अध्यक्ष/ रंगकर्मि मानहाङ लावतीले जानकारी दिए ।
वार्षिक उत्सवकै अवसरमा रंगमञ्चले गर्न लागेकाे नयाँ कार्ययाेजनाकाे समेत सार्वजनिक गर्ने भएको छ । कार्यक्रममा चुलाचुली गाउँपालिकाका प्रतिनिधिहरू र सिर्जनशील स्रष्टाहरूकाे समेत उपस्थिति हुने भएको छ ।
एक दसकदेखि गाउँमा नाटक गर्दै अाएकाे “नयाँ बाटो नयाँ पाइला नाट्य समूह” २०६९ साल यतादेखि चुलाचुली रंगमञ्च नाटय संस्थाको नाममा स्थापित भएको थियो । दुई दर्जन बढी सडक, कचहरी, कथा बाचन, मूर्ति नाटक गर्दै अाएकाे रंगमञ्चले क्षेत्रीय र राष्ट्रिय नाटक महाेत्सवमा “देवाङसी राजा-२०७३”, “सुवीउ चरी-२०७१”, “किपट-२०७०” “खाल्डाे-२०७४” नाटक मञ्चन गरिसकेका छन।
गाउँमा रहेर रंगमञ्च क्षेत्रमा काम गर्दै अाइरहेकाे नाटय संस्था चुलाचुली रंगमञ्चले ” गाउँमा पुस्तकालय ” अभियान समेत संचालन गर्दै अाएका छन ।


















































