युवा नेता डम्बर खड्का द्वारा राष्ट्रप्रेमी मा.वि. फुङनामलाई बहुमूल्य सरस्वतीको मूर्ति हस्तान्तरण

  नयाँ बुलन्द
539 Shares

चुलाचुली (इलाम) : चुलाचुली स्थित राष्ट्रप्रेमी माध्यमिक विद्यालय फुङनामले बहुमूल्य धातुबाट निर्मित सरस्वतीको मूर्ति प्राप्त गरेको छ। नेपाली कांग्रेस इलामका सभापति तथा युवा समाजसेवी डम्बर बहादुर खड्काले चुलाचुली वडा न ६ स्थित  विद्यालयलाई उक्त मूर्ति प्रदान गरेका हुन्।

खड्काले शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल राई र प्रधानाध्यापक कृष्ण कुमार राईलाई मूर्ति हस्तान्तरण गरेका हुन । उनीहरूले मूर्ति विद्यालयको प्रार्थना–कक्षमा राखिने जानकारी दिए।

प्रधानाध्यापक कृष्ण कुमार राईका अनुसार मूर्ति प्राप्ति विद्यालयका लागि शैक्षिक प्रेरणा र सांस्कृतिक उन्नतिको महत्वपूर्ण उपलब्धि हो। “ज्ञान, कला र सिर्जनशीलताको प्रतीक सरस्वती मूर्तिले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जगाउनेछ,” उनले भने।

युवा समाजसेवी डम्बर बहादुर खड्काले विद्यालयको विकास र विद्यार्थीको मनोबल अभिवृद्धिमा आफ्नो सहयोग सानो भए पनि अर्थपूर्ण हुने विश्वास व्यक्त गरे। उनले स्थानीय शैक्षिक संरचनालाई सुदृढ बनाउनु सामुदायिक दायित्व भएको टिप्पणी गरे।

उक्त हस्तान्तरणसँगै विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीले समाजसेवी खड्काप्रति आभार व्यक्त गर्दै सहयोगले गाउँको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार