
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा सोमबार आयोजक चिबुवा थुथ क्लब ‘ए’ र निँवासो एफसी विजयी भएका छन् ।
पहिलो खेलमा एनवाइसी डुम्रेलाई २-० गोलको अन्तरमा पराजित गर्दै आयोजक विजयी बन्यो ।
दोश्रो खेलका लागि फक्ताङलुङ एफसी निर्धारित समयमा उपस्थित नभएपछि निँवासो एफसी स्वत विजेता घोषित भयो ।
चिबुवा युथ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणत्र पाउनेछन् ।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आउँदो कात्तिक १० बजे हुनेछ ।
प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको छ ।






















































