जनता माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढदै

इलामको नमुना बिद्यालय,जहाँ प्राविधिक शिक्षा पनि संगसंगै

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठे स्थित श्री जनता माध्यमिक बिद्यालयमा पछिल्लो समय अध्यायन का लागी बिद्यार्थीहरुको आकर्षण बढदै गएको छ । २०२६ सालमा लालबहादुर कुमालले २२ रोपनी जग्गादान गर्दै स्थापना भएको बिद्यालय मा अहिले कक्षा ११ र १२ मा शिक्षा तथा ब्यवस्थापन बिषयका अलवा ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग को समेत पठनपाठन हुँदै आएको छ ।

विगतमा गाउँपालिकाका क्षेत्रको मावि तहको जिम्मेवारी बोकेको विद्यालय अहिले जिल्लामै नमुना विद्यालयको रुपमा पहिचान स्थापित गरेको छ । ३५ जना शिक्षक कर्मचारी कार्यरत सो बिद्यालयमा अध्ययनरत कुल ६ सय २० जना विद्यार्थी मध्ये ५३ जना विद्यार्थी प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद द्वारा मान्यता प्राप्त ३ वर्षे डिप्लोमा इन शिभिल इन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका छन ।

थोरै लगानीमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको उक्त बिद्यालयको प्राविधिक शिक्षाले ग्रामिण भेगका अभिभावकहरुलाई ठुलो राहत महसुस गराएको छ । अभिभावक तथा विद्यार्थीहरुको सहजताका लागी चुलाचुली गाउपालिकाको सहयोगमा २०७९ साल देखी स्कुल बस सन्चालन भइरहेको छ ।

गाउँपालिका भित्र नै प्राविधिक जनशक्ति उत्पादनका लागी गाउँपालिकाको अध्यक्ष कोष मार्फत २ जना र हरेक वडा बाट २/२ जनाका दरले जम्मा १४ जना बिपन्न तथा जेहन्दार विद्यार्थीहरु लाई निःशुल्क ३ वर्षे डिप्लोमा इन शिभिल इन्जिनियरिङ्ग को छात्रबृत्ती मार्फत पठनपाठन गराइदै आएको बिद्यालयका प्रधानध्यापक लक्ष्मेश्वर प्रसाद बनबरीया यादवले बताए ।

उनका अनुसार स्थानिय अभिभावकहरुले प्राविधिक शिक्षाको महत्व कम बुझेकाले स्थानिय विद्यार्थीहरु भन्दा बाहिरका विद्यार्थीहरु धेरै अध्ययनका लागी आउने गरेका छन् । गत बर्षको एसईई परिक्षामा विद्यालयबाट सहभागि ५० जना मध्ये ४८ जना अर्थात ९६ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए ।

स्थानिय सरकार, शिक्षक, अभिभावक,विद्यार्थी, बिद्यालय ब्यवस्थापन टिम सबै पक्षको मेहनतले नतिजा प्राप्त गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन देवान बताउँछन् । अभिभावकहरुको चेतनास्तर कमि भएकाले व्यवस्थापन समितिले सोचे अनुरुपको सफलता हासिल गर्न समस्या रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार