कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा इलाम तेस्रो स्थानमा

  नयाँ बुलन्द
427 Shares

इलाम : कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलाम जिल्ला २२ पदक सहित तेस्रो भएको छ । बिराटनगरमा जेठ २४ देखि २६ गतेसम्म सञ्चालित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले ६ स्वर्ण, ४ रजत र १२ कास्य पदक जित्दै प्रतियोगितामा सहभागी ११ जिल्ला मध्ये तेस्रो भएको हो ।

प्रतियोतिामा ४६ पदक सहित मोरङ प्रथम र ४४ पदक सहित झापा दोस्रो भएको छ ।

जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले पालिका स्तरीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मेहनतका कारण उक्त नतिजा हात परेको बताए । २ वर्ष अघि इलाम ११औं स्थानमा र गत बर्ष ९ औं स्थानमा थियो ।

यसैबिच प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट इलामका ६ खेलाडी राष्ट्रिय स्तरको प्रतियोतिाका लागि छनौटमा परेका छन् । जसमा तेक्वान्दो तर्फ दिभिना कार्की (४५ केजी)र सोनिम भट्टराई (४४केजी) रहेका छन् । उसुमा सुनिथी राई , रितिाका राई र दिप्सन नेम्वाङ रहेका छन् भने ३००० मिटर दौडमा पुष्पा शेर्मा लिम्बू छनौटमा परेका छन् ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा गर्न थालिएपछि प्रगति भएको अध्यक्ष बाँस्तोला बताउँछन् । ‘जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा गर्न थालेपछि खेलाडी उत्पादनमा उल्लेखीय वृद्धि भएको छ, जसको देखिन थालेको छ’ उनले भने ।

जिल्ला खेलकुद विकास समितिले पालिकाको समन्वयमा ग्रामीण क्षेत्रमा लगेर उक्त प्रतियोतिा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार