इलामको पहिलो पूर्ण खोप पालिका ‘देउमाई’

इलामः  देउमाई नगरपालिका इलाम जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएको छ। नगरका सबै लक्षित बालबालिकाले अनिवार्य खोप सेवा प्राप्त गरेपछि नगरपालिकलाई आज पुर्णखोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

देउमाई नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका  नगर कार्यालयमा सम्पन्न विशेष समारोह जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको  प्रमुख अतिथ्यतामा  नगर प्रमुख सूर्य प्रसाद पोख्रेलको अध्यक्षतामा  कार्यक्रम सम्पन्न गरिएको शान्तिडाँडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र ढुङ्गेलले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहाल, वडा अध्यक्ष, स्वास्थ्य कार्यालय इलामका प्रतिनिधि, स्थानीय स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिले खोप सुनिश्चिततालाई जनस्वास्थ्य सुरक्षाको मेरुदण्डको रूपमा व्याख्या गर्दै देउमाई नगरपालिकाले देखाएको नेतृत्व, समन्वय र प्रतिबद्धताको उच्च प्रशंसा गरेका थिए। कार्यक्रम मार्फत  नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी रूपमा बालबालिकाको स्वास्थ्य सुरक्षामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ। नगरपालिका बासीलाई स्वस्थ राख्न सदैव तत्पर रहन स्वास्थ्यकर्मीलाई परिचाल गरिरहेको जनाइएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद भट्टराईले कार्यक्रमको औचित्यता माथि प्रकाश पारेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार