आदर्श माध्यमिक विद्यालयको ७८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईयो

  नयाँ बुलन्द
203 Shares

इलाम : आदर्श माध्यमिक बिध्यालयले विभिन्न कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव मनाएको छ ।

इलाम जिल्लाकै पुरानो बिध्यालयको परिचय बनाएको  इलाम नगरपालिका वडा न ७, स्थित आदर्श माध्यमिक विद्यालयको ७८औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको हो ।

बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशसभा सदस्य गोविन्द गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताले विद्यालयको उन्नयनका लागि विभिन्न प्रतिबद्धतासमेत गरेका छन् ।

यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत समेत गरिएको शिक्षक पंकज भट्टराईले नयाँबुलन्दलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार