जिल्ला समन्वय संयोजक विशाल रसाइलीका अनुसार बैठकमा जिल्लाका सबै पालिका अध्यक्ष, निर्वाचित जनप्रतिनिधि र विभिन्न तहका सदस्यहरू सहभागी थिए। जिल्लाका आठवटै स्थानीय तहका कमिटी संयोजकहरूले पार्टीको प्रगति, समस्या र गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरे । पार्टीका केन्द्रिय सदस्य तथा पूर्वसांसद सीता थेवे, प्रदेश सदस्यहरू र जिल्ला समन्वय सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्र, प्रदेश र जिल्ला स्तरका दुई सयभन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो।
पार्टीले विस्तारित बैठक सम्पन्न गर्दै विभिन्न निर्णयहरु पारित गरेको छ । पार्टीलाई सुदृढ बनाउँदै जनताको बीचमा पुग्ने नीतिलाई प्राथमिकता दिने निर्णय गरेको छ । आगामी उपनिर्वाचनलाई सफल बनाउन रणनीतिक तयारीमा जुट्ने प्रतिवद्धता पनि नेताहरुले राखे। यसअघि जिल्ला कार्यालय सचिवको जिम्मेवारीमा रहेका रहेका चन्द्र माङ्मु अखिल क्रान्तिकारी प्रदेश अध्यक्षमा चयन भएपछि उक्त पदमा सचिव पदमा सन्दीप तुम्रोकलाई जिम्मेवारी दिइएको छ।
यसैबीच, फालेलुङ गाउँपालिकाबाट दुई दर्जनभन्दा बढीले माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक रसाइलीले जानकारी दिए ।