इलाम : इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका पमा चढाएको रकम सङ्कलन गरिएको हो ।
सो अवधिमा एक करोड ५६ लाख ६१ हजार चार सय ८८ नगद र नौ लाख ९९ हजार छ सय आठ पैयाँ बराबरको जिन्सी सङ्कनल भएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । जिन्सी अन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातुह सङ्कलन भएको उनले बताए ।
समितिका अनुसार साउनमा चार लाख ४२ हजार पाँच सय नगद २१ हजार बराबरको जिन्नसी, भदौमा सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी र कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ७५ हजार चार सय बराबरको जिन्सी सङ्कलन भएको छ ।
त्यस्तै, मङ्सिरमा १८ लाख ३२ हजार ५७ नगद र ८६ हजार आठ सय बराबरको जिन्सी, पुसमा १५ लाख ३७ हजार आठ सय ५४ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी र फागुनमा १४ लाख ५५ हजार एक सय ४४ नगद र एक लाख २२ हजार चार सय आठ बराबरको जिन्सी सङ्कलन भएको छ ।
त्यसैगरी, चैतमा १९ लाख ३६ हजार दुई सय ६६ नगद र एक लाख ६७ हजार बराबरको जिन्सी, वैशाखमा २० लाख २४ हजार चार सय ५७ नगद र दुई लाख बराबरको जिन्सी, जेठमा १० लाख ७३ हजार पाँच सय ३७ नगद र ६९ हजा पाँच सय बराबरको जिन्सी र असारमा छ लाख ६८ हजार १४ नगद र ५२ हजार बराबरको जिन्सी सङ्कलन भएको अध्यक्ष राईले बताए । सो अवधिमा सबैभन्दा बढी कात्तिकमा र सबैभन्दा कम साउनमा भेटी सङ्कलन भएको पाइएको छ ।