इलामको पर्यटन क्षेत्रमा कोशी प्रदेश सरकारको लागनी उत्साहजनक

पर्यटकको प्रमुख रोजाइमा इलाम

  प्रकाश नेपाल
42 Shares

इलाम : इलाम जिल्लाको पर्यटकीय क्षेत्रको बिकाशमा कोशी प्रदेश सरकारको लागनी बढेपछि इलामका पर्यटकीय गन्तब्य रोजाईमा पर्न थालेका छन् । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि संरक्षण र प्रचारको पर्खाइमा रहेका स्थानको खोजी गरी काम प्रदेश सरकारले गरिरहेको छ ।

प्रदेश सरकारको लगानीमा पर्यटकीय क्षेत्रको बिस्तार र संरक्षण गरिएपछि अहिले उक्त स्थानमा पर्यटक रामाउन सकिने मात्र भएको छैन आन्तरिक पर्यटकको प्रमुख गन्तव्य स्थलको रुपमा इलामले परिचय स्थापित गराउदै गएको छ । कोशी प्रदेश सरकारको लगानी पस्चात स्थानीयले संरक्षण र विस्तार गरेको सन्दकपुर गाँउपालिका ५ स्थित साविक जमुना २ मा रहेको ढाप पोखरी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

सदरमुकाम इलाम बजारवाट २१ किलोमिटर उत्तरमा रहेको यो पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आर्कषक गन्तव्यको रुपमा विकास भए पनि आवश्यक पूर्वाधारका लागि बजेट अभावले समस्यामा रहेको उक्त क्षेत्रमा पछिल्लो समय कोशी प्रदेश सरकारको लगानिमा पोखरीलाई थप आर्कशित गर्नेकाम गरिएको छ तर त्यो पर्याप्त भने देखिदैन ।

कोशी सरकारको करिब २५ लाखको लागतमा पोखरीलाई बाध बाध्ने काम सम्पन्न भएको छ भने पोखरीको वरीपरी रेलिङ्गल गाउने कार्य गरिनुका साथै त्यहाँ सम्म पुग्ने सडकको निमार्ण गरिएको हो ।

क्षेत्रफलको हिसावले जिल्लाकै ठूलो मानिएको पोखरी ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउ“ रहेकाले आवश्यकता अनुसार पोखरीको क्षेत्रफल बढाउन सकिने अवस्था छ । पोखरीको सौन्दर्यताले आशपास गाउ“का मात्र हैन पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन सुरु भएको छ ।

२०७२ बैशाख १ गते करिव एक हजार भेला भएर पोखरीको विस्तार थालिएको हो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बा“स, हिलोमाटो र ढुंङ्गाको बाँध वनाएर काम थालिएको हो ।

जति पोखरीको आकार बढ्यो उति नै स्थानीयमा पनि उत्साह थपिदै गयो । चर्चा परिचर्चासमेत बढ्ने र घुमघामका लागि आउने क्रम सुरु भएपछि पोखरीलाई थप बृहत बनाउदै व्यवस्थित बनाउने उदेश्यले सरोकारवालको आँखा पोखरीमा पर्न थाल्यो । त्याँसम्म पुग्ने सडकको विग्रदो अवस्थाले भने स्थानीयलाई चिन्तित बनाएको छ ।

तत्कालिन भूू–संरक्षण कार्यालय, साविक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सन्दकपुर गाउ“पालिका, जिल्ला कृषि विकास कार्यालय लगायतले यो अभियानमा साथ पुुर्याएका छन् ।

पोखरीमा करिव सात हजार माछा हालिएको छ । जमुनाको हाँगेथाम, चोयाटार र जौवारीमा रेडपाण्डा पाइन्छ । हाँगेथाममा काँडेभ्याकुर लगायत विभिन्न चराचुरुङ्गीको बासस्थान छ । ढापपोखरीमा लोपन्मुख ठकठके (सुन गोहारो) लगायतका जिव छन् ।

यो पोखरीको संरक्षणले जैविक विविधताको रक्षामा ठूलो योगदान पुगेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व प्रमुख युद्ध वैद्यको धारणा छ ।
जिल्लाका उत्तरी क्षेत्रमा पर्यटकीय स्थलहरुको केन्द्रमा पर्ने भएकाले यसले अन्य पर्यटकीय स्थललाई पनि फाइदा पुग्ने स्थानीयको भनाई छ ।

नजिकैको जौवारी, हाँगेथाम, चोयाटार, टोड्के झर्ना, माइपोखरी, मावुथाम, चोयाटार, सन्दकपुर, प्याङपातललगायत स्थानमा पुग्न र त्यहा“वाट पोखरीको रमणीयतामा रमाउन पनि पर्यटकलाई सहज हुने स्थानीयको भनाई छ । यो पोखरीलाई धार्मिक आस्थाको केन्द्रको रुपमा पनि मानिदै आएको छ । हरेक वर्ष वैशाख १ गते हिन्दु, बौद्ध, किराँतलगायत धर्मालम्बीले सामुहिक रुपमा पूजाआजा गर्ने चलन बसेको छ ।

ढापपोखरी सहित गौरेश्वर शिवधाम र गजाधार धनमाया भट्टराई रंगशालालाई एकै साथ विकास गर्दै आशपासका अन्य धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई समेटेर विकास गर्ने उदेश्यले दिर्घकालिन सोचका साथ काम अघि वढाइएको हो । प्रदेश सरकारले यी कामलाई समेत प्राथमिक्तामा राखेको प्रदेश सभाषद खिनु लङवा लिम्बुले जानकारी दिनु भयो ।

पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन

इलाम नगरपालिकाको अग्लो स्थान पाटेनागीको पर्यटकीय संभावनालाई अझ प्रचार प्रसार गर्ने र स्थानीय ग्रामीण घरहरुमा होमस्टे संचालन गरी आयआर्जन गर्ने योजनाका साथ पर्यटकीय क्षेत्रमा पर्यटकका सहजताा लागि पुर्बाधार निमार्णको काम सुरु गरिएको छ । सूर्योदयको पहिलो झुल्को देखिने पाटेनागी डाँडा इलाम नगरपालि ३, पुवामझुवा र पाँचथरको सिमानामा पर्दछ । पछिल्लो समय पाटेनागी डाँडा पर्यटकीय गन्तव्यको रोजाईमा पर्ने एक पर्यटकीयस्थल रहेकाले पर्यटनका माध्यमबाट ग्रामीण अर्थतन्त्र वृद्धिको योजना रहेको छ ।

शान्त वातावरणले पाटेनागी डाँडा पुगेका मानिसहरु प्रफुलित हुने गरेका छन् । यहाँबाट सूर्योदय, सूर्यास्तको दृश्यावलोकन, डाँडाको टुप्पोमा रहेको पोखरी, विभिन्न हिमालको दृश्यहरुको अबलोकन गर्न सकिन्छ । विभिन्न जातका गुराँसका फुलहरु,ठूलो पाथीभरा–सानो पाथीभराको दृश्य र यहाँ बाट इलाम र पाँचथरका धेरै जिल्ला हरु देखिनुको साथै भारत र चीनका हिमाली दृश्य यहाँका थप आकर्षक हुन् ।

कोशी प्रदेशको इलाम जिल्लाको इलाम नगरपालिका–३ पुवामझुवा र पाँचथरको सिमानामा पाटेनागी डाँडा पर्दछ । समुद्री सतहबाट ९ हजार ८ सय ५० फिट उचाइमा रहेको पाटेनागी डाँडा झुल्के घाम हेर्ने उत्कृष्ट स्थानमा रहेकाले पर्यटकीय पूर्वाधार निर्माणको काम कोशी प्रदेश सरकारकोबाट काम हुँदै आएको इलाम नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेम बहादुर सुनुवारले बताउनुभयो । प्रदेश सरकारको अहिले सुन्दर पदमार्ग र पर्यटक आराम गर्ने गोलघर निर्माण गरिएको छ । जसका कारण पर्यटक आवागमन पनि वृद्धि भएको छ ।

रेडपाण्डा संरक्षण गरिदै

प्रदेश सरकारको लगानीमा सन्दकपुर गाउँपालिकाको टप्पुमा विश्वमै दुर्लभ रेडपाण्डा संरक्षण केन्द्र स्थापना भएको छ । लोप हुन लागेको रेडपाण्डा (हाब्रे)को संख्या वृद्धि गर्नका संरक्षण केन्द्र स्थापनाको काम भैरहेको छ । दुई हजार पाँचसय पाँच मिटरको उचाइमा रहेको टप्पुमा संरक्षण केन्द्र बनाउन दोस्रो चरणको पूर्वाधार निर्माण कोशी प्रदेश सरकारबाट हुँदैछ । ४४ रोपनी क्षेत्रफलमा रेडपाण्डा संरक्षणका लागि घेराबारा, टिकट काउन्टर र गार्ड हाउस निर्माण भइसकेको छ । माघे सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थलमा संरक्षण केन्द्र बनाउन कोशी प्रदेश सरकारको चालु आर्थिक बर्षमा २० लाख बजेट खर्च हुने छ ।

प्रदेश सरकारको बजेटबाट पानी संकलन केन्द्र, पोखरी, पदमार्ग निर्माण हुनेछ । बास स्थान, चरिचरन सहित संरक्षण केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धन गर्न सकिने संरक्षण केन्द्रमा तीन वर्ष अघि एक करोड रुपैँया खर्चबाट पक्की घेराबार सहित रेड पाण्डाको आहार मालिङ्गो, बाण्टे,भालुचिन्डेको वृक्षरोपण गरिएको थियो । रेडपाण्डालाई लक्षित गरी चालु आर्थिक वर्षमा ठाउँठाउँमा पोखरी निर्माण भैरहेकोे छ । देशकै नमुना रेडपाण्डा संरक्षण केन्द्र निर्माणले इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

सन्दकपुरको टप्पु, छिन्टापु, गोरुवाले, कालपोखरी, दोबाटे, हागेथाम, चोयाटार क्षेत्रमा रेडपाण्डाको बसोबास छ । इलाममा २ सय ५० संख्यामा रेडपाण्डा पाइने तथ्याङ्क छ । नेपालमै इलामको सन्दकपुरमा रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको कामहुँदै आएको छ । प्रदेश सरकारले रेडपाण्डा संरक्षणको काममा सघाएपछि संरक्षणमा सहजता हुने रेडपाण्डाको क्षेत्रमा काम गरीरहनु भएका स्थानीय धन बहादुर खाम्दाकले बताउनु भयो ।

छिन्टापूमा पदयात्री

महाभारत पर्वतको दोस्रो अग्लो पहाड,पर्यटकीय स्थल इलामको छिन्टापू पुग्ने पदयात्रीको संख्या बढेको छ । विश्वको अग्लो सगरमाथा, कंचनजंङ्गा, कुम्भकर्ण, मनास्लु, लगायत दर्जनौ हिमाको दृश्यमा रमाउन सकिने छिन्टापु पुग्ने पदयात्रीको संख्या बढेको हो । ‘एक प्रदेश एक सास्कृतिक ग्राम’ घोषणा भएपछि सन्दकपुरको छिन्टापू पुग्ने पदमार्ग निर्माण पछि यहाँ पुग्ने पदयात्रीको संख्या बढ्दै गएको छ । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र माइपोखरीबाट छिन्टापु पदमार्गले जोडिएपछि यहाँ पुग्ने पदयात्रीहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएको सन्दकपूर २ का वडाध्यक्ष सनम राईले बताउनुभयो । कोशी प्रदेश सरकारको लागनीमा यहाँ पदमार्ग निर्माण गरीएको छ ।

छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस, सुनाखरीले स्वागत गर्छ भने अहिले छिन्टापूमा कात्तिक मंसिरमा हिमाली दृश्यसँगै प्राकृतिक सुन्दरताले पदयात्रीलाई स्वागत गर्छ । कात्तिक, मंसिर महिनामा छिन्टापु पुग्ने पदयात्रीको संख्या बढेको हो ।

छिन्टापू हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फुल र जताफर्के पनि हिमाल देखिन्छ । दर्जनौ हिमाली दृश्यले स्वागत गर्दा पदयात्री आनन्दित हुने गरेका छन् । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छ छिन्टापु । पर्यटकीय हिसाबले अथाहा सम्भावना भएको गन्तव्य भएसँगै पदयात्रीको आकर्षण बढेको छिन्टापू पर्यटनमा प्रवद्र्धन गर्दै आएका देउकुरमार राईले बताउनु भयो । पदयात्रालाई सहज बनाउन माईपोखरी देखि टप्पु, खप्परे हुँदै छिन्टापु जोड्ने पदमार्ग निर्माण गरेको हो । यो पदयात्राका क्रममा झुल्केघाम दृश्यावलोकन गर्न सकिने अग्ला डाँडाहरु, अग्ला भिरहरुमा रहेका गुफा र जंगली जनावरको दृश्यमा रमाउन सकिन्छ ।

कोशी प्रदेश सरकारको पूर्वाधारमा जोड

पर्यटकको संख्या बढेपछि नेपालका तीनै तहका सरकारले अहिले पूर्वाधारमा जोड दिएका छन् । तीन तहका सरकार मध्ये कोशी प्रदेश सरकारले सडक, खानेपानी, पदमार्ग र प्रचार प्रसारका काममा सबैभन्दा बढी लगानी गर्दै आएको छ । कोशी प्रदेश सभाषद तथा पूर्ब पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले इलामको सन्दकपुर, जौबारी क्षेत्रमा बढी पूर्वाधारका योजना कार्यान्वयन भएको बताउनुभयो ।

भारत सग जोडिएका पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या बढेपछि नेपाल सरकारले पछिल्ला ५ वर्षमा सुरक्षा अवस्था पनि सुदृढ बनाउन नेपाल भारत सिमामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । प्रदेश सभा सदस्य तथा निर्वमान आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईका अनुसार चालु आर्थिक बर्षमा इलामका बिभिन्न स्थानमा धेरै काम भैरहेका छन ।

रोङ ५ मा २५ लाखको लागनीमा किरात सांस्कृतिक पार्क अघिल्लो बर्ष शुरु भएकोमा यस बर्ष ५० लाख लगानी प्रदेश सरकारले गरेर काम भैरहेको छ । यस्तै कन्याममा अघिल्लो बर्ष ६० लाख लागतमा पदमार्गमा रेलिङ लगाउने काम भएकोमा चालु आर्थिक बर्षमा २५ लाखमा थप काम भैरहेको छ । हर्कटे देखि गुगल प्वाइन्ट सम्मको पदमार्ग निर्माण २५ लाख लागतमा भैरहेको छ । सूर्योदय नगरपालिकाको जिमी खादमा जिमीराजा जिमीरानीको एतीसासिक दरवार संरक्षणको काम भैरहेको छ । सतसर्ग पोखरी संरक्षणमा पनि प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरेको छ ।

माई ५ मा जस्मिनी धर्म अन्र्तगत कमलचरण शिवधामको संरक्षणको काम २५ लाखमा भैरहेको छ । यस्तै माईको शुक्रबारेमा महागुरु फाल्गुनन्दको शालिक निर्माण भैरहेको छ । सूनपा २ को पशुपतिनाथ मन्दिर मर्मतको काम २५ लाख लगानीमा भैरहेको छ ।

यस्तै माईजोगमाई ५ को मलुपोखरी संरक्षणको काम २५ लाखमा भैरहेको छ । यस्तै माईजोगमाईको तारेभीरमा पर्यटन प्रवर्धनको काम २५ लाखमा भैरहेको छ । सन्दकपुरमा २५ लाख लागतमा सामुदायिक भवन निर्माणको काम भैरहेको छ । इलाम बजारको इलाम दरवारको संरक्षणको काम २५ लाखमा भैरहेको छ । माईको तेह्कुने पोखरी संरक्षणको काम २५ लाखमा भैरहेको छ ।

यता कोशी प्रदेश पर्यटन,बन तथा वातावरण मन्त्रालयका पर्यटन आयोजना प्रमुख कुलदेव यादबका अनुसार प्रदेश सरकारको लगानीमा इलाम जिल्लाभर १८ बटा योजना रहेको मध्ये दुई बटा योजनाहरु कार्यान्यन नभएको बताउनुभयो । प्रमुख यादबले सुर्योदयको अन्तुमा रहेको सभाहल जग्गा उपलब्ध नभएका कारण कार्यान्यन नभएको र अर्को अन्तुकै चेन्जीङ्ग रुमको आयोजना संचालन हुन नसकेको बताउनुभयो । बाकी रहेका अन्य योजनाहरुको काम समेत निमार्ण सम्पन्न हुने चरणमा रहेको समेत उहाँले बताउनुभयो ।

प्रदेश सरकारका साना ठूला योजना गरी जिल्लामा दर्जन बढि योजना संचालनमा रहेका छन् । कतिपय योजना संचालनमा रहे पनि अनुगमन तथा समन्वयकोे अभावमा राम्ररी काम हुन नसकेको देखिन्छ । निकट भविश्यमा प्रदेशको लागनीले इलामको पर्यटन प्रवर्धनमा कोशेढुंगा सावित हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार