इलाम : इलाम गोल्डकपको फाइनलमा शनिबार न्युरोड टिम एनआरटी र झापाको बिर्तामोड युनाइटेड भिड्दैछन् ।
अनुभवी खेलाडीको बाहुल्य रहेको एनआरटी र सिपालु खेलाडीले भरिपूर्ण बिर्तामोडबीच कसले बाजी मार्ला भन्ने अनुमान गर्न कठिन छ ।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।