वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ । उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।-रातो पाटीबाट
तीन चरणमा ईपीएस भाषा परीक्षा हुँदै
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।
पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।


















































