सालबारी र ब्रदर्श युनाइटेड क्वाटर फाइनलमा प्रवेश

  युद्धबहादुर बोहोरा
357 Shares

इलामः फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल शुरु भएको छ । आज भएको  दोस्रो चरणको दोस्रो खेलमा अभ्यास एण्ड अनुभव कन्ट्रक्सन घुर्बिसे पञ्चमी र सालबारी झापा आमुन्ने-सामुन्ने भएका थिए । निर्धारित समयमा ३-३ गोल बराबरी भएपछि टाइ ब्रेकरबाट सालबारी झापाले क्वाटर फाइनलको यात्रा तय गर्न सफल भएको छ ।

हिजो भएको खेलमा ब्रदर्श युनाइटेड क्लव आमचोक क्वाटर फाइनलमा प्रवेश गरेको थियो । हरेक वर्ष विजया दशमी तथा दिपावलीको उलक्ष्यमा विगत ३० वर्षदेखि एकतप्पा खेलकुद विकास समितिले सिंह देवी मावि शिकारी भञ्ज्याङको प्राङ्णमा आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष हर्क धमलाले जानकारी दिए । खेल संचालन गर्न वैदेशिक रोजगारमा रहेका स्थानीय युवा र स्थानीयबासीले आर्थिक सहयोग गरेको उनले बताए ।

यस वर्ष इलाम,झापा र पाँचथरका गरी जम्मा २८ टिमको सहभागीता रहेको प्रतियोगिताको कार्तिक १३ गते शुरु भएको र फाइनल खेल कार्तिक २६ गते हुने भएको छ । कार्तिक १७ देखि २१ गतेसम्म क्वाटर फानल र २२ देखि २४ सम्म सेमी फाइनल सम्पन्न भइ २६ गते फाइनल खेल हुने आयोजकले तालिका सार्वजनिक गरेको छ  ।

खेलको विजेता टिमलाई नगद  एक लाख रुपैंया पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने खेलमा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई मेडल तथा प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । उक्त खेलको उद्घाटन फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार