कप्तान रामसिँह ठकुरीलाई सम्मान गर्न नपाएका तिताकुरा

  विरही काइँला
602 Shares

आजादहिन्द फौजका संगीत निर्देशक संगीत रत्न कप्तान रामसिँह ठकुरीलाई नागरिक सम्मान जनाउन सन् १९८० मा २८ र २९ अक्टुबरकोदिन अखिल भारतीय नेपाली भाषा समिति मिरिकले दुईदिने कार्यक्रम बनायो ।

कप्तान रामसिँह ठकुरीले तिथि तथा समय मिलाएर उतरप्रदेशको लखनउबाट रेलमार्ग जेठो छोरा प्रकाशसँग सिलगढी आउने भएपछि ठकुरीलाई लिन २७ अक्टुबरकोदिन म सिलगढी झरें । कप्तान रामसिँह ठकुरीको सुरक्षाका लागि मिरिक थानाबाट खटिएका सुरक्षकर्मी पनि मसँगै थिए ।

त्यसदिन कप्तान रामसिँहठकुरीलाई स्वागत गर्न सुमेरू प्रेसका मालिकदान खालिङ र म सिलगढी जङ्कसनमा पुगेका थियौं ।उसबेला लखनउबाट असम जाने रेल सिलगढी जङ्कसन भएर जाने गर्दथ्यो । लखनउबाट छुटेको रेल निर्धारित समयमा नै सिलगढी जङ्कसनमा प्रवेश गर्दा खुशीले हाम्रो खुट्टा भुँइमा  थिएन । रेल रोकियो प्लेटफार्मतर्फ दौडियौं । तर रेलकोबग्गीबाट कप्तान ठकुरी उत्रेनन् ।रेलगन्तब्यतिरनलम्किन्जेल सम्म कप्तान रामसिँह ठकुरीलाई बग्गीहरूमा खोजेरपनि नभेटेपछि निराश भयौं । त्यसपछि चुपचाप मिरिक फर्कन परयो । आजको जस्तो सञ्चारको सुविधा थिएन । लखनउमा के भइरहेको छ हामीले थाहा पाएनौं ।

घरमा मेरो नाममा  कप्तान ठकुरीले टेलीग्राम पठाएको रहेछ । पिएसीले विदा रद्द गरेर आगराको यौटा कार्यक्रममा पठाएकोले मिरिक आउन नसकेको कुरालेखेका रहेछन् ।

भाषा समितिको आपतकालीन सभा बस्यो। सभाले सम्मान कार्यक्रम स्थगित गर्दै कप्तान रामसिँह ठकुरीलाई लिन पदमबहादुर गुरुङ(हाटबाबु) र जितमान चाहारलाई लखनउ पठाउने निर्णय गरयो । सातादिन लखनउ बसेर पनि  यी दुई भाइले कप्तान रामसिँह ठकुरीलाई मिरिक ल्याउन सकेनन् । यिनी दुईसँग ठकुरीको जेठो छोरा प्रकाश आएका थिए । कप्तान रामसिँह  ठकुरीले प्रकाशको हातमापत्र पठाएका रहेछन-

प्रकाशको भनाइ अनुसार उनका पिता रामसिँह ठकुरीले कहिँ जानपरे पिएसीका कमान्डेन्टबाट अनुमति लिनु पर्दो रहेछ ।पिएसीबाट अवकाश पाएका कप्तान रामसिँह ठकुरीलाई  पिएसीकै एकजना कमान्डेन्टले यसरी रोकटोक गर्नु पर्ने कानुनी अधिकार थिएन । तर सोझा कप्तान रामसिँह ठकुरीलाई कमान्डेन्टले साह्रै हेपेका रहेछन ।

पिएसीका अधिकारीहरूको उत्पीडन पराकाष्ठामा पुगेपछिकप्तान रामसिँह ठकुरीले पिएसी र उत्तर प्रदेश राज्य सरकारमाथि इलाहाबाद उच्च न्यायलयमा मुद्दा हाल्न वाध्य भए ।राज्य सरकारले प्रतिवाद जनाएन । कप्तान रामसिँह ठकुरीको पक्षमा उच्च न्यायलयले फैसला सुनाउँदा एक जना स्वतन्त्रता सेनानीमाथि पिएसी र राज्य सरकारको ब्यवहार प्रति न्यायलयलेअप्रसन्नता ब्यक्त गरेका थिए ।

कप्तान रामसिँह ठकुरी स्वतन्त्रता संग्रामी पनि हुन । ब्रिटिश शासनको विरुद्ध सिंगापुरमा गठन भएको आजाद हिन्द फौजका संगीत निर्देशक कप्तान रामसिँह ठकुरीले संगीत भरेको रविन्द्रनाथको “जन गण मन”-को हिन्दी रुपान्तर “जय हे” आजाद हिन्द सरकारको राष्ट्रीय गीत थियो।त्यसैलाई भारत सरकारलेराष्ट्रीय गीत अङ्गीकार गरेको छ।

यसरी नै कप्तान रामसिँह ठकुरीको “कदम कदम बढाए जा”आजाद हिन्द फौजको मार्चिंग गीतलाई भारतीय सेनाले पनिमार्चिंङ गीत बनाएको छ।

राष्ट्रीय गीतका संगीतकार कप्तान रामसिँह ठकुरीसँग मेरो पहिलो भेट उत्तर प्रदेश राज्यको लखनउमा भएको थियो । EMERITUS MUSICAN-को उपाधिले विभूषित गर्दै उतर प्रदेश राज्य सरकारबाट बाँचुन्जेल बस्नलाईउपलव्ध गराइएकोपिएसीको क्वाटरमाकप्तान रामसिँह ठकुरीबस्थे ।

आजाद हिन्द फौजका गोर्खा सिपाहीहरूको खोजीमा भाक्सु,देहरादून,दिल्ली हुँदै म लखनउ पुगेको समयकप्तान रामसिँह ठकुरीसँग भेटभएको थियो । यसै बेलायिनीले आफ्नो परिचय रामसिँह ठाकुर बताएका थिए। सरकारी कागज पत्रहरूमा समेतरामसिँह ठाकुर लेखिएको रहेछ ।भाक्सु,देहरादूनका ठकुरीहरू प्रायले ठाकुर लेख्ने गर्दछन ।त्यतातिरका ठकुरीहरू ठाकुर बन्नको मूल कारण गोरखा भर्तिनै हो।

गोर्खा पल्टन र गोररखालीको बारेमा कलम चलाउनेक्यापटन इडेन भ्यान्सीटार्टले आफ्नो पुस्तक Notes on Goorkhas(1890) कोपातो ५९ माठाकुरका १८ थरहरूसङ्कलन गर्दातीन नम्बरमा चन्द थर परेको छ ।कप्तान रामसिँह चन्द थरका हुन ।यिनीका हजुरबाजमनी चन्द नेपालको भेरीबाट भाक्सु आएर घरजम गरेर बसे।पल्टनमा  भर्ति हुँदाठकुरीबाट ठाकुर बने। तरभेरीकाजमनी चन्दका दाजु-भाइका सन्तानहरूले आफ्नो थर ठकुरी नै लेख्दै आएका छन।मैले यी सबै बृतान्तकप्तान रामसिँहलाई जानकारीगराएपछि उनलेमलाई पत्रचार गर्दा रामसिंह ठाकुरी लेख्न थालेका हुन । त्यसपछि कप्तान रामसिंह ठाकुरलाई कप्तान रामसिंह ठकुरी भनेर अरूले पनि चिन्न थालेका हो भन्दा अतिशयोक्ति नहोला।

अब कप्तान रामसिँह ठकुरी हामीमाझ छैनन् ।

अमेरिका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार