इलाम : गायक भिषण निरौला र गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत ‘स्वर्ग सरी इलाम’को भिडियो सार्वजनिक भएको छ । इलाम जिल्लालाई स्वर्ग सरी वर्णन गरिएको गीतमा गौतम डंगोलको शब्द,भिषण निरौलाकै संगीत तथा प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ ।
अन्जन शर्माको निर्देशनमा तयार पारिएको भिडियोमा विवस रेग्मी, सम्झना सापकोटा, दिपक पराजुली र मेनु कुमाई फिचर्ड छन । राम केसीले छायांकन गरेको भिडियोमा राकेश दाहालको सम्पादन रहेको छ ।
भिडियोमा इलामलाई चिनाउने मुख्य मुख्य ठाउँहरु समेटिएको छ ।