इलाम नगरकप : वडा नम्बर ३ फाइनल प्रवेश

  नयाँ बुलन्द
385 Shares

इलाम : इलाममा इलाम नगरकपमा वडा नम्बर ३ पुवामझुवा फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर ९ लाई २–१ ले हराउँदै वडा नम्बर ३ ले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै वडा नम्बर ३ ले ७५ हजार रुपैयाँ सुरक्षित गरेको छ ।

जिताका लागि वडा नम्बर ३ का तपृबाट दुवै गोल शुकराज राईले गरेका थिए । खेलको सुरुवाती अग्रता वडा नम्बर ९ ले लिएको थियो । ८ औं मिनेटमा हरी सिटौलाले गोल गरेका थिए । पहिलो हाफमा १-० ले पछि परेको वडा नम्बर ३ ले दोश्रो हाफमा अग्रता उल्टायाउँदै २ गोल गर्न सफल रह्यो । ५३ औँ मिनेटमा बराबरी गोल गरेका शुकराजले ६४ औं मिनेटमा दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम दुईमा प्रवेश गराए ।

खेलको म्यान अफ दि म्याच शुकराज घोषित भए ।

दोश्रो सेमीफाइनलमा वडा नम्बर ५ र वडा नम्बर ७ भिड्नेछन् ।

इलाम नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार