इलाम : राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपि पालुङवाले पछिल्लो समय प्रदेश नं १ को नामाकरणको विषय चलिरहेको भन्दै पहिचानको आधारमा किँरात लिम्बुवान खम्बुवान नामाकरण गर्नुपर्ने बताए ।
विहीबार इलाम सदरमुकाममा पत्रकार संमेलन गरी उनले अहिले रहेका ७ वटा प्रदेश मध्ये ६ वटाको नामाकरण भएपनि पहिलेको विकास क्षेत्र जस्तै नामाकरण भएको भन्दै यहि सभा बाट न्वारान गर्ने पर्ने हो भने किँरात लिम्बुवान खम्बुवान राख्नु पर्ने बताएका हुन । अहिले भएका ७ वटा प्रदेश मध्ये नामाकरण भएका कुनै पनि प्रदेशको नाम पहिचानको आधारमा नरहेको उनको भनाई छ ।
नेम्वाङसँग लड्ने पालुङवा
यस्तै उनले इलाम क्षेत्र न २ मा २० वर्ष देखि पटक पटक चुनाव जितेका सुवासचन्द्र नेम्वाङ जिर्ण भइसकेको भन्दै आफुले उम्मेद्वारी घोषणा गरेको बताएका छन । गत निर्वाचनमा पनि नेम्वाङ सँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन ।
पहिलो निर्वाचनमै फराकिलो अन्तरले पराजीत भएर पनि पुन त्यहि क्षेत्रमा किन उम्मेद्वारी दिनुभएको भन्ने पत्रकारकमो प्रश्नमा पालुङवाले धरानका मेयर हर्कसांङपाङको उदारण दिँदै पहिलो चुनावमा चारसय मत ल्याएका मेयर अहिले विजयी बनेको भन्दै आफ्नो पक्षमा मतदाता रहेको बताए । पालुङवाले अव जनताले चिनिसकेको र आफूलाई जिताउने भचन्दै उम्मेद्वारी घोषणा गरेका हुन ।