
पाँचथर: एकिकृत अखिल नेपाल शिक्षक संगठन फाल्गुनन्द गाउँपालिकाको प्रथम अधिवेशनबाट खड्क प्रसाद नेम्वाङ अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले नेम्वाङको नेतृत्वमा ११ सदस्यीय पालिका समिति गठनसंगै वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महिला उपाध्यक्ष,सचिव,सहसचिव र अर्थ सचिवमा क्रमश : महानन्द खतिवडा,भरतसिंह चेम्जोङ,रन्जिता राई ,मदनकुमार चेम्जोङ, लिला प्रसाद खतिवडा र यमुना सुब्वा रहेका छन् ।
शिक्षकहरुको हक र अधिकारका लागि निरन्तर आवाज उठाउन पालिका स्तरीय अधिवेशन गरि संगठनलाई शसक्त बनाउन लागिएको जिल्ला कमिटी उपाध्यक्ष तथा १ नम्बर प्रदेश कमिटी सदस्य ग्यनाथ बाँस्कोटाले जानकारी दिए ।
उनका अनुसार यसअघि तुम्वेवा गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको र १५ गते फालेलुड गाउँपालिकामा गरिने र माघ २५ सम्ममा सबै पालिका अधिवेशन सम्पन्न गरि माघ २९ गते फिदिममा जिल्ला अधिवेशन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
अधिवेशनमा नेकपा माओवादी केन्द्र फाल्गुनन्द गाउँ कमिटी अध्यक्ष इन्द्रकुमार नेम्वाङ,सचिव सागर नेम्वाङ,एकिकृत अखिल नेपाल शिक्षक संगठन पाँचथरका कार्यवाहक अध्यक्ष छवि न्यौपान्,जिल्ला उपाध्यक्ष बाँस्कोटा ,सचिव नरेन्द्र केरुङ,अर्थ सचिव छवि तिमल्सिना लगायतले सफल कार्यकालको शुभकामना सहितको मन्तब्य राखेका थिए ।


















































