साङ्गरुम्बा माविमा समाजवादी विद्यार्थी युनियन, अध्यक्षमा राई

  नयाँ बुलन्द
455 Shares

इलाम : इलाम नगरपालिका १२ स्थित साङ्गरुम्बा माध्यमिक विद्यालयमा समाजवादी विद्यार्थी युनियनको समिति गठन भएको छ ।

अनुज राईको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिती गठन भएको हो । समितिका उपाध्यक्षहरुमा स्मृति लिम्बू, रोजिना पौडेल, दिपेन्द्र मगर र स्वस्तिका राई चयन भएका छन् ।

समितिका सचिपमा बिष्णु गुरुङ, सहसचिवहरुमा, दृस्ठि तामाङ, कृती सेन्चुरी, रोजिना घिमिरे, रोजिना खाती र निरोज अधिकारी चयन भएका छन् ।

कोषाध्यक्ष सृष्टिका राई चयन भएका छन् ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष तथा इलाम जिल्ला अध्यक्ष राम लिङ्दम, प्रदेश सचिव बिपन लिम्बू र सदस्य सन्तोस खातिको उपस्थिति थियो ।

समाजवादी विद्यार्थी युनियन इलामको जिल्ला अधिवेशन आगामी १२ र १३ फागुनमा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार