पाँचथरमा माओवादी केन्द्रले मंशीर १३ गते भित्र अधिवेशन सम्पन्न गर्दै

  युद्धबहादुर बोहोरा  296 पटक हेरिएको

पाँचथरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पाँचथरका सबै स्थानीयतहमा मंशीर १३ गते भित्र अधिवेशन सम्पन्न गर्ने भएको छ । समाजवाद निर्माणको लागि “नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं” भन्ने मुल नारा सहित देशभरमा मंशीर ११ गते सम्म अधिवेशन सम्पन्न गर्ने केन्द्रिय तालिका अनुसार पाँचथरमा समय सापेक्षता मिलाएर मंशीर १३ गते सम्ममा सम्पन्न गर्न लागिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक होम बहादुर जवेगु(सूर्यमान) ले जानकारी दिए ।

जवेगुका अनुसार मंशीर ११ गते तुम्वेवाको मौवा बजारमा,कुम्मायकको यासोक बजारमा,फालेलुङको थोक्लिम्बामा,याङ्वरक गाउँपालिकाको ओयाम बजारमा अधिवेशन हुने भएको छ ।

यस्तै,फाल्गुनन्दको घुर्बिसे पञ्चमी बजारमा,मिक्लाजुङको रवि बजारमा र हिलिहाङ गाउँपालिकाको चतुरे बजारमा मंशीर १२ र १३ गते फिदिम नगरपालिकाको फिदिम बजार स्थित जिल्ला समन्वय समितिको सिटी हलामा हुने जनाइएको छ । जिल्लाको अधिवेशन सफल बनाउन पार्टीका केन्द्रिय,प्रदेश र जिल्लाका नेताहरु दौडधुपमा छन् ।

जिल्लामा पार्टी संगठन बलियो बनाउन केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज तथा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो(मौसम),केन्द्रीय सदस्य नर बहादुर दुलाल (नेटवर्क), प्रदेश कमिटी सदस्य तथा १ नम्बर प्रदेश सांसद सीता थेवे (प्रमीला),प्रदेश कमिटी सदस्य एवं जिल्ला संयोजक होम बहादुर जवेगु(सूर्यमान),प्रदेश कमिटी सदस्यहरु हर्क नेम्बाङ(मिक्सो),महेन्द्र जवेगु(फूङ्निमा),अमरसिं थापा तथा जिल्लाका नेताहरु राधाकृष्ण न्यौपाने,शंखध्वज नेम्बाङ,ठाकुरसिं नेम्बाङ,विद्यार्थी नेता प्रदिप बाँस्कोटा लगायतका नेतागण सकृय ढंगले जुटेका छन् । यसअघि माओवादी केन्द्रले जिल्लाका ६० वटै वडाहरुमा वडा सम्मेलन सम्पन्न गरि कमिटी निर्माण गरिसकेको नेता ठाकुरसिं नेम्बाङले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार