इम्बुङ्गको पूर्णिमा मेलामा फुटबल र ब्याडमिन्टन खेल हुँदै

  युद्धबहादुर बोहोरा
1k Shares

 

पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ्गमा मंशीर ३ गतेदेखि पुरुष नकाउट फुटबल र ‘बी’ ग्रेड डबल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ ।

विगत वर्ष झै लाग्दै आएको बराह क्षेत्र(कार्तिके पूर्णिमा मेला) को अवसरमा टु-स्टार ग्रामिण श्रृजनशील क्लवको आयोजनामा  सत्यहाङ्मा माध्यमिक विध्यालयको खेल मैदानमा खेल संचालन गरिने क्लवका अध्यक्ष सागर नेम्बाङले जानकारी दिए ।

मंशीर ७ गते सम्पन्न गरिने उक्त प्रतियोगितामा फुटबल तर्फ प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार रुपैंया नगद,ट्रफि,मेडल र प्रमाणपत्र साथै ब्याडमिन्टन खेलमा पहिलोलाई १० हजार र दोस्रो हुनेलाई पाँच हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

खेल आयोजना गर्न मुख्य सहयोग वडा नम्बर २ ले गरेको छ । अन्य सहयोग अमेरिकाबाट मिथुन नेम्बाङ र ब्रिटिश सेनामा कार्यरत सरोज नेम्बाङले ३० हजारका दरले आर्थिक सहयोग गरेका छन् भने गजेन्द्र राज नेम्बाङले २५ हजार रूपैंया प्रदान गरेका छन् । प्रतियोगितामा सहभागी बन्ने टिमहरु (दर्ता भएका क्लब)लाई प्रथामिकता दिइने आयोजकाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार