मलेसियाबाट फर्किएपछि इतिहासलाई बर्तमान बनाउने सुरमा सबिन

  देवेनद्र सुर्केली  182 पटक हेरिएको

देवेन्द्र सुर्केली

नेपाल प्रज्ञा प्रतिष्ठानको अद्र्धवार्षिक प्रकाशन ‘सयपत्रि’ मातृभाषामाथि अनुसन्धान विशेष हुने गर्दछ । दश वर्ष अगाडिको सयपत्रिमा पदम राईको राई वान्तवा भाषाको पत्रकारितासम्बन्धि एक अनुसन्धनात्मक लेख प्रकाशित भएको थियो । जसमा जीतमान राई ‘सविन’द्वारा सम्पादित ‘सायाबुङ’को पनि चर्चा थियो ।

जीतमान राई ‘सविन’ नेपालको राई वान्तवा भाषा पत्रकारितामाथिको एक इतिहास बनिसकेछन् । तर मलेसियाको नेपाली साहित्यको एक राम्रा वर्तमान थिए । जो सन् २००७ देखि २०१९ सम्म मलेसियामा कार्यरत रहे । बिचमा नेपाल आउँदै फेरि जाँदै करिब ११ वर्षको समय मलेसियामा व्यतित गरेका हुन् । उनले मलेसिया रहेर कम्पनीमा काम मात्र गरिरहेनन्, पत्रकारिता, साहित्य र संघसंस्थामा सक्रिय रहे ।

वि.सं. २०३९ सालमा मात्र जन्मिएका भाई पनि इतिहास बन्छन् ? इमेलमार्फत सोधिएको हरफहरूमा उनी निकै घोरिए । लामो घोराइपश्चात उनले इतिहास बन्नका लागि गरेको संघर्षहरूको फेहरिस्त लेखेर पठाए ।

वास्तवमा इतिहास भन्ने कुरामा उमेरको हदबन्दी त हुन्छ नै । तर केही पल बित्दा पनि त्यो बितेको पललाई इतिहासको रूपमा लिइन्छ । नेपालका धेरै युवाहरूले इतिहास बनाइरहेका पाइए । किनभने युवाहरूको निश्चित गन्तव्य छैन । यो पो गर्ने कि उ पो गर्ने कि भन्ने अनगिन्ति बाटोहरू पच्छयाउने क्रममा इतिहास पनि बनाउँदै गइरहेका छन् ।

नेपालमा भौगोलिक विषमता छ । त्यहि विषमताका कारण नेपालीहरूले विभिन्न भूभागमा आफ्नो पाइला राख्न खोज्छन्, एउटा पहाडमा रहनेले लेकको खर्क र वेशीको खेतसम्म अधिन जमाएको हुन्छ । साथै सकेसम्म तराईको एक टुक्रा समतल पनि आप्mनो बनाएको हुन्छ । लेकको जाडो खाएर वेशीमा खेती गर्दै बिताउने नेपाली जनजीवनको आफ्नै कथाव्यथाहरू हुन्छन् ।

जीतमान राई प्राङबुङ ४, सिरिसे पाँथरमा जन्म लिएका हुन् । उनले पनि लेकको पत्कर सोरेका छन् । वेशीको धान बोकेका छन् । एउटा पहाडी जिल्लामा रहने नेपालीले भोगेका कथाहरू दुरुस्तै उनीसँग पनि छ ।

प्राङबुङकै कालिका निमाविबाट प्रारम्भिक शिक्षा लिएका सविनले बिचमा मोरङ जिल्लाको राजघाटस्थित अरनिको माविमा पनि अध्ययन गरे । एसएलसी भने इलामको दानाबारीस्थीत कन्काई उमाविबाट २०५७ सालमा गरेका हुन् । जन्मेर प्रारम्भिक शिक्षा लिएका ठाउँ, केही समय तराईको समतल भूमिमा रमाएको ज्यानले किशोर अवस्थादेखि क्षणहरू भने आप्mनो खास ठाउँ इलामको लक्ष्मीपुर ५ नमुनाबस्तीमै बिताउनु प¥यो । विभिन्न ठाउँको स्वाद लिइएता दुर्गम भन्न पनि नमिल्ने, सुगम पनि भइनहालेको गाउँ समग्रमा निकै राम्रो नै लाग्दो रहेछ । भन्छन, विजुली, खानेपानी र कच्ची सडक पुगेको छ । मज्जाले हिड्ने हो भने झापाको विर्तामोडबाट ३ घण्टामा पुगिन्छ ।

एउटा किरातीको बच्चा सानोमा अलिक धेरै नै लज्जालुको स्वभावको हुन्छ । आज्ञाकारी पनि हुन्छ । जसले जे अह्राए पनि मान्ने भएकोले सबैको माया पाउनु स्वभाविक नै हो । अन्र्तमुखी स्वभावको हुनुले गर्दा गोठाला गएर कुर्लिनु, दौतरी भएर खेताला जानुको मज्जा त सम्झेर सम्झिसक्नु छैन । त्यसैले स्कुल जाने दिनहरूपछि आउने शनिबार, गर्मी र जाडोको विदाहरू बढि यादगर रहेका छन् ।

उनी इमेलमा फेरि लेख्छन् –दैनिक डेढघण्टाको स्कुलयात्रा हुन्थ्यो । आउनजान ३ घण्टा हिड्नु, पढ्नुपर्छ भन्नेको परिवारमा एक्लो, माध्यमिक शिक्षा लिने गाउँकै एक्लो, आज सम्झिदा निक्कै अत्यास लाग्छ, फेरि स्कुल जाने बाटोका एउटै नागबेली खोला, जसलाई धेरैपटक तर्दै जानुपथ्र्यो । कहिलेकाँही वर्षातले खोला उर्लन्थ्यो, अनि खोलाका डिलमा रहेका घरहरूमा ओत लाग्दै, कहिले रात परे बास पनि बस्दै गरेका सम्झना पनि आलै छन् ।

निर्जन बाटोमा एक्लो यात्रा गर्दा गर्दा साहित्य स्फुरण हुनु स्वभाविक नै हो । टाढाबाट आउनु जानुको हत्तुले पढाई त उति राम्रो हुन पाएन । यद्यपि सिर्जनशीलता छोइसकेको हृदयले स्कुलको हरेक कार्यक्रमहरूमा उपस्थिति जनाएर पहिलो वा दोश्रो स्थान हासिलले फड्को मारिरहेको हुन्थ्यो ।

उती नै बेला रेडियोमा एकअर्काको भावना लेखी पठाएर सुन्ने सुनाउने कार्यक्रम चर्चित थियो । पत्रपत्रिकामा पत्रमित्रताको लागि नाम ठेगाना र फोटो छपाएर पत्रको आदानप्रदान गर्ने लहर पनि कम्ता चलेको होइन । उबेलाको प्रेमको अभिव्यक्त गर्ने माध्यम भनेको पत्र नै थियो । अहिलेजस्तो फोन, इन्टरनेट भए पो ? प्रेमपत्र र पत्रमित्रताको पत्र लेख्दालेख्दै कतिखेर साहित्यमा गहिरो अभिरुचि राखिएछ, पत्तै भएन रे ।

शिक्षाको ज्योती गाउँभित्र नपसेको होइन । आफैले पढेको स्कुलमै पनि दश जोड २ भइनसकेको होइन । तर साहित्यले दह्रो उपस्थिति जनाइसकेको मन किन मान्थ्यो । तसर्थ साहित्यको समार्थी पत्रकारिता गर्छु भन्ने मनशाय बोकेर काठमाडौंस्थित रत्नराज्य क्याम्पस (आरआर) पाइला राखे । आरआर क्याम्पस पुगेपछि संयोग नामक साहित्यिक द्वैमासिकको सम्पादन गर्न थाले । पछि इलाम फर्कदा आफ्नो भाषा र संस्कृतिको लागि पनि केही गर्नुपर्छ भनेर अग्रजहरूसँग सल्लाह भयो । सबैजनाको सकरात्मक सल्लाहपश्चात सायाबुङ (कुटुम्ब) जन्मियो । जुनकुरा इतिहास नै बन्न पुग्यो ।

भन्छन्– त्यस्तो सोचेको थिईनँ । मैले त हराउदै गएको भाषाको जगेर्ना गर्ने सोचले मात्रै यो काम थालेको थिए । तर त्यो इतिहासमा बन्ला भन्ने लागेको थिएन । भाषा र संस्कृति कै मायाले गर्दा एउटा इतिहास पो लेखिएछ ।

जुनबेला सविनले पत्रकारिता पढिरहेका थिए, त्यो बेला माओवादीको आन्दोलन चरमरूपमा लम्किरहेको थियो । पत्रकारिता द्वन्द्वको जोखिममा थियो । जोखिम मोल्छु भनेर उनी यसै विषयलाई लिएर पढिरहेका थिए । तर सानैदेखि हुर्किरहेको प्रेमले आफ्नो अघि दह्रो भएर उभियो । तसर्थ सात वर्षे लामो प्रेमलाई टुंग्याएर विवाहको बाटो समाते । विवाहपश्चात पढाई अवरुद्ध भयो । गाउँमै सामान्य जिविकोपार्जनमा लागे । गाउँमा रहँदा पनि स्थानीय रेडियो तथा पत्रपत्रिकाहरूमा सम्बाददाताको रूपमा काम नगरेका भने होइनन् । तर ति सबै प्रयास प्रयास मात्र भए । गाउँका सबै युवाहरू विदेशतर्फ लम्किरहेको बखत एउटा युवाको मन पनि किन मान्थ्यो र ? तसर्थ उनी पनि विदेशिने लाइनमा समाहित भए ।

केही देशहरूमा उनले निवेदन दिए । तर उत्साहित युवाहरूमा धैर्यताको सीमा हुन्न । तसर्थ छिटो भिषा आउने मुलुक मलेसिया उनको लागि गन्तव्य बन्यो । विदेश त पहिलो पटक जाँदै थिए । तर सञ्चारमाध्यममा कार्यरत रहेको कारण धेरै देशमा रहेको नेपालीहरूको कथा पढेका थिए । मलेसियासँग उनी अन्जान थिएनन् । श्रीमतीले चप्पलको भारी बोकाउने कथा पनि सुन्दै आएका थिए । तर परिवार यो कुरामा ढुक्क थियो । र, चप्पलको भारी बोकेर त हिड्नु परेन । मलेसिया पुगेपछि मात्र थाहा भयो रे, त्यो कथा हावादारी पो रहेछ । जुन कुराहरूलाई उनले आफ्नो ब्लगमा उतारेका छन् ।

मलेसिया पुगको दुई वर्ष त उनी अन्धाधुन्ध बने । भाषाको अप्ठ्यारो, कामको चटारो उनको लागि समस्याको तगारो थियो । जब उनी नेपाल श्रमिक संगठन पेनाङको सहसचिव बने, तबमात्र साहित्यिक मनहरूसँग भेटघाट हुँदै गयो र उनकै सक्रियतामा साहित्यिक संस्था जन्म्यो –उदाउँदो तारा साहित्य समाज, जुन संस्थाले विश्व नेपाली साहित्य महासंघको उत्कृष्ट सहभागी संस्थाको रूपमा पुरस्कृत भएको छ ।

संस्थाबाट दुई पुस्तक आएका छन्, पुञ्ज साहित्य संगालो र सृजनाका स्वरहरू (संयुक्त गजल संग्रह) । दुवैका सम्पादक उनी नै छन् । जहाँसम्म संयुक्त गजल संग्रहको प्रसँग उनी भन्छन् –म मलेसियामा हुदै बिम्ब निस्किएछ तर म समेटिन सकिनँ । त्यसपछि मेचीकालीमा मेरो परिवारको सहयोगमा समेटिन सकेँ । सिर्जनाका स्वर मलेसियाका पछिल्ला नया आएका गजाकारहरूलाई समेट्ने प्रयास हो जुन सफल भो ।

उदाउँदो तारा साहित्य समाजले इन्द्रेणी नामको साहित्य विशेष पत्रिका प्रकाशन गरेको थियो । जीतमानको संयोजनमा प्रकाशित उक्त पत्रिकाले रुबाई, मुक्तक, गजल, केस्राविशेष अंकहरू प्रकाशन गरेको थियो । साथै यस समाजले सिर्जना विशेष कार्यक्रम पनि गर्ने गथ्र्यो । सर्जकलाई मञ्च दिएर सिर्जना बाचन नै कार्यक्रमको प्रमुख विशेषता थियो ।

अहिले सबिनले मलेसियाको बसाईलाई छोट्याएका छन् । नेपाल फर्किएर केही गर्छु भन्ने युवाहरू नेपाल पुगेको केही समयमा नै कि मलेसिया कि अर्को देश हान्निइरहेका छन् । तर उनले त्यसलाई पच्छ्याएनन् । तर नेपाल फर्किएपछि उनले ‘फुल टाइम’ पत्रकारिता नै गर्ने मुड बनाएका छन् । र धधध।ष्बिmतष्mभक।अयm सञ्चालनमा ल्याएका छन् ।

‘इतिहास बनेको प्रत्येक पललाई बर्तमानमा ढाल्न चाहन्छ’ सबिन यसकुरा प्रति अडिग छन् । ०००

नजिकबाट जीतमान राई
उपनाम– सबिन
जन्म– २०३९÷०७÷१७
जन्मस्थानः प्राङ्गबुङ्ग–४, सिरिसे, पाँचथर
शिक्षा– प्रमाण–पत्र तह (पत्रकारिता)
आर. आर. क्याम्पस काठमाडौं (२०६१)
हालको ठेगाना– लक्ष्मीपुर–५, नमुनाबस्ती, ईलाम
सम्पर्क– sabin_rai45@yahoo.com
लेखन विधा– गजल, गीत, कविता, कथा आदि

संलग्नता
सचिव–उदाउदो तारा साहित्य समाज
केन्द्रिय सदस्य–विश्व नेपाली साहित्य महासंघ

अनुभव
संयोजक–कलमनगर साहित्य कुञ्ज, लक्ष्मीपुर,
सह–सचिव–श्री लक्ष्मी युवा समूह, लक्ष्मीपुर,
सचिव–श्रीजनशिल एकता साहित्यिक समूह, काठमाण्डौ
सचिव–त्रिवेणी साहित्य समाज, लक्ष्मीपुर
अध्यक्ष–किराँत राई यायोख्खा क्षेत्रिय कमिटी पेनाङ्ग, मलेसिया
सहसचिव– नेपाल श्रमिक संगठन, क्षेत्रिय कमिटी, पेनाङ्ग
सहसचिव– इलामेली जनसम्पर्क मञ्च, क्षेत्रिय कमिटी, पेनाङ्ग
सदस्य–ईलाम जिल्ला गजल मञ्च, ईलाम
ईलाम जिल्ला समाचारदाता – मोफसल साप्ताहिक पथरी, मोरङ्ग (२०६१–२०६२)
पेनाङ समाचारदाता –श्रम साप्ताहिक मलेसिया (२००८)
पेनाङ समाचारदाता – महिमा साप्ताहिक मलेसिया (२००९)

पुरस्कार तथा सम्मान
उत्कृष्ट समाचारदाता–श्रम साप्ताहिक मलेसिया (२००८)
अनेसास मलेसिया सम्मान २०१४ सन्
विश्व नेपाली साहित्य समाज सम्मान २०१४
प्रवासी नयन साहित्य सम्मान २०१५
साहित्य सम्मान २०१७ उदाउदो तारा साहित्य समाज
किरात राई यायोक्खा सम्मान २०१९

सम्पादन
सम्पादक– संयोग साहित्यिक द्धैमासिक पत्रिका, काठमाण्डौ
प्रधान सम्पादक– सायाबुङ्ग राई बान्तावा भाषाको पत्रिका, इलाम
सम्पादक– प्रहर चौमासिक पत्रिका, इलाम
सम्पादक– पुञ्ज साहित्य संगालो, पेनाङ्ग
सम्पादक÷संयोजक– कोपिला भित्ते पत्रिका, इलाम
सह–सम्पादक– गोधुली भित्ते पत्रिका, आर. आर, क्याम्पस, काठमाण्डौं
सम्पादक– सृजनाका स्वरहरू (संयुक्त गजल संग्रह) पेनाङ्ग, मलेसिया
www.nepalmalayakhabar.com

 

www.chautaree.com
Founder – ilamtimes.com

प्रकाशित कृतिहरू
१. मेचीकाली गजल संग्रह (संयुक्त)
२. सृजनाका स्वरहरू (संयुक्त गजल संग्रह)
३. मियो स्तूप संयुक्त लघुकथा संग्रह
४. समुन्द्र दन्के पछि संयुक्त गजल संग्रह
३. विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रचना प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार