माई नगरपालिकामा निरन्तर कोरोना विरुद्ध सचेतना

  बुधराज लिम्बू योङ्हाङ
287 Shares

 

इलाम : माइ नगरपालिकामा युवा सशक्तीकरण संजालको अगुवाईमा लगातार कोरोना विरुद्ध सचेतना कार्यक्रम जारी रहेको छ ।
देशभर संक्रमण वृद्धि भइरहेकोे समयमा यस पालिकाको दक्षिण तर्फबाट प्रवेश गर्ने मुख्य नाका दानाबारीमा स्थानीय सरकार हेल्पडेस्क संचालन गरि आवातजावत गर्नेलाई सचेत गराउँदै आएको संजालका अध्यक्ष दिपेन्द्र सुब्बाले जानकारी दिए ।
नगरपालिका प्रवेश गर्नेहरुलाई संक्रमणबाट बच्न र महामारीबाट जोगिन सचेत गराउँदै नि:शुल्क मास्क वितरण,सेनिटाइजरकाे प्रयाेग गर्न सल्लाह सुझाव दिदै प्रत्येक वडाहरुमा युवाहरूलाई परिचालन गरिएको उनले बताए ।

अनावश्यक हिंडडुल नगर्न साथै अति आवश्यक भए पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिदै सुरक्षित रहन अनुरोध गरिएको संजालका नगर सचिव पबित्र बुर्जा मगरले जानकारी दिइन् ।
निरन्तर १५ औं दिन सम्म संजालले संचालन गरेको अभियानलाई नगरपालिका कार्यालय तथा सुरक्षा निकायले समेत प्रशंसा गर्दै आवश्यक सरसहयोग गर्दै आएको छ ।
सकेसम्म संजालले यस पालिकाका जनतालाई महामारीको समस्या न्यूनीकरण तथा रोकथाममा मद्दत गर्ने प्रयासमा लागि रहने जनाएको छ ।

हाल सम्म १२ महिला २९ पुरुष गरि जम्मा ४१ जना संक्रमित संख्या रहेको यस पालिकाका १० जना निको भएका छन् भने एकको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार