प्रेस यूनियन पाँचथरले संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

  युद्धबहादुर बोहोरा
49 Shares

 

 पाँचथर : नेपाल प्रेस यूनियन पाँचथर शाखाले जिल्लाका संचारकर्मी तथा संचारगृहहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोभिड १९ कोरोना भाईरसबाट सावधानी अपनाउँदै संचारकर्मीले सुरक्षित भएर काम गर्न सकुने भन्ने उद्धेश्यले यूनियनले बिहिबार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै संचारगृह र सम्बन्धित व्यक्तिहरुलाई मास्क,सेनिटाईजर,सावुन लगायतका सामाग्री हस्तान्तरण गरिएको यूनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिए ।
सदरमुकाम बाहिर रहेका अन्य संचारकर्मीले आफ्नो अनुकुलता अनुसार कार्यालयमा सम्पर्क गरि जिम्मा लिन उनले अनुरोध गरेका छन् ।

नेपालन अलैँची ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष नरेन्द्र प्रसाद अधिकारी र समाजसेवी नेपाली काँग्रेसका यूवा नेता सूर्य नेम्बाङले अहिलेको जटिल परिस्थितिमा अग्रपंक्तिमा रिपोर्टिङको लागि खटिने संचारकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

सामाग्री उपलब्ध गराएर सहयोग गर्नु भएकोमा यूनियन पाँचथर र जिल्लाका सम्पूर्ण संचारकर्मीले वहाँहरुको संचार माध्यमलाई हेर्न दृष्टिकोण प्रति सम्मान तथा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगको अपेक्षा गरेका छन् ।
अहिलेको कठिन समयमा संचार प्रविधिको प्रयोग गर्दै सुरक्षित भएर कोरोना संक्रमणको न्यूनीकरण तथा रोकथाममा मद्दत पुग्ने गरि सत्य र तथ्य समाचार सम्प्रेषण गरि आम नागरिकलाई सूचना प्रवाह गर्न आग्रह गरिएको यूनियन पाँचथरका अध्यक्ष भण्डारीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार